पाकिस्तानमा २५ लाख भन्दा बढी अफगान आप्रवासीहरू बस्ने अफगान महावाणिज्य दूतको खुलासा

काबुल—पाकिस्तानका लागि अफगानिस्तानको महावाणिज्यदूत अब्दुल जबर तखारीले पाकिस्तानमा २५ लाखभन्दा बढी अफगान आप्रवासीहरू बसोबास गरिरहेका बताएका छन् ।

यिनीहरुमध्ये ३ लाख अफगान आप्रवासीसँग कानुनी कागजात नभएको महावाणिज्यदूत तखारीलाई उद्दृत गर्दैटोलो न्यूजले उल्लेख गरेको छ।

पाकिस्तानमा रहेका अफगानी आप्रवासीको चुनौतीलाई सम्बोधन गर्न आफूहरू प्रयासरत रहेको पनि तखारीले बताए ।

‘पाकिस्तानमा कानुनी कागजातहरू भएका आप्रवासीहरूको कुल संख्या २१ लाख ६ हजार ६ सय ५८ छ,’ टोलो न्यूजलाई तखारीले बताए। यसैबीच, संयुक्त राष्ट्रका लागि पाकिस्तान नियोगका उप—स्थायी प्रतिनिधि आमिर खानले पाकिस्तानले अफगान शरणार्थीहरूलाई राख्न नसक्ने बताएका छन् ।

‘अफगानिस्तानमा मानवीय र आर्थिक संकटले भोक र भोकमरीबाट शरण खोज्ने लाखौं निराश अफगानीहरूको नयाँ आगमनको सम्भावनालाई रोक्न द्रुत अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता छ।

पहिले नै बोझले दबिएको पाकिस्तानले शरणार्थीहरूको नयाँ आगमनलाई काँधमा लिन सक्दैन ।उनीहरूलाई अन्य देशले शरण दिनुपर्ने हुन्छ,’ खानले भने

खामा प्रेसले पाकिस्तानमा रहेका अफगान शरणार्थीहरूले वैध आवासीय अनुमति र भिसाहरू उपलब्ध गराउन असफल भएको कारण पाकिस्तानी पुलिसद्वारा मनमानी नजरबन्द, उत्पीडन र जेल सजायलगायत थुप्रै चुनौतीहरूको सामना गरिरहेको उल्लेख गरेको थियो।

यद्यपि, यी प्रवाहहरू रोक्नको लागि, आप्रवासी अधिकारका विज्ञहरूले वर्तमान अफगान सरकारले आफ्ना जनतालाई स्थिर जीवनयापन उपलब्ध गराउनु पर्ने बताएको टोलो न्यूजले लेखेको छ ।

अगस्ट २०२१ मा तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि, अफगानिस्तानमा मानिसहरू, विशेष गरी महिलाहरूको अवस्था बिग्रिएको छ ।

शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालय (एमओआरआर)ले यसअघि उपलब्ध गराएको तथ्यांकअनुसार पाकिस्तानमा करिब ३० लाख, इरानमा ३० लाख र अन्य राष्ट्रमा १० लाख अफगानीहरू बसोबास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस