भद्रपुरका कालिकोटेको गोठमा एकै बेतमा ३ वटा बाछी जन्मिएपछि…      

भद्रपुर । झापाको भद्रपुर नगरपालिका-१० स्थित पशुपालक कृषक उत्तम कालिकोटे खड्काले पालेको गाईले ३ वटा बाछी जन्माएको छ ।

खड्काले पालेको गाईले ३ वटा बाछी जन्माएको खबर बाहिरिएपछि हेर्न आउनेको भीड देखिएको छ । विरलै लिम्ल्या बाछाबाछी जन्मने गरेको भन्दै स्थानीय गाई र बाछी हेर्न आउने गरेका छन् । 

नयाँनाथ पाण्डेको गोठमा जन्मिएको सो गाईले पहिलो बेतमा नै ३ वटा बाछी जन्माए पनि २ वटा जन्मेपछि मरेका छन् भने एउटाको स्वास्थ्य अवस्था राम्रो रहेको पाण्डेले जानकारी दिए । उनका अनुसार सो गाइको माउ पनि जम्ल्याहा रहेको र दुई वटै गाई गोठमा रहेका छन् भने कालिकोटेलाई पाल्न दिएको बाछीले ३ वटा जन्माएको हो ।

प्रतिक्रिया दिनुहोस