सुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि

थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ । गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो ।

भन्सार कार्यालयले बैककबाट काठमाडौं आएका थाई नागरिकबाट १० थान विष्कुट आकारको पहेँलो धातु जफत गरेको थियो ।

थाई नागरिकले उक्त वस्तु सुन नभएको बताएका थिए । आफू धार्मिक प्रयोजनका लागि लागि नेपाल आएको बताएका उनले ल्याएको सो धातु त्रिपुरेश्वरस्थित रहेको भन्सार विभागमा जाँच गरेर उनलाई नै फिर्ता दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस