आज पनि घट्यो सुनको भाउ, कति छ त प्रतितोला ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको बजारमा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबारको बजारमा भने २०० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार शुक्रबारको बजारमा छापावाल सुनको भाउ २०० ले घटेर १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज १ लाख १० हजार ५५० र चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस