पशुपतिमा त्रिलिङ्गी ब्राह्मण परिवारका भारतीय पुजारी नियुक्त

काठमाडौं । पशुपतिनाथ मन्दिरमा एक पुजारी नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिनादेखि रिक्त पुजारीको नियुक्ति गर्दै बुधबार नयाँ पुजारीलाई मन्दिर प्रवेश गराएको परिषदका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

‘चार महिनाअघि एक पुजारीले राजीनामा गर्नु भएको थियो । रिक्त रहेको एक पुजारी नियुक्त गरेर आजमन्दिर प्रवेश गराएका छौँ,’ उनले भने । पशुपतिमा चार मुल पुजारी हुने गर्दछन् । तर, चार महिनादेखि तीन जना मात्र थिए । मन्दिरमा यसअघि कार्यरत एक पुजारीले फागुनमा राजीनामा दिएका थिए ।

दक्षिण भारतको त्रिलिङ्गी ब्राह्मण परिवारका विनय अडिगा पशुपतिनाथको दक्षिण मुहारको पुजारीका रूपमा नियुक्त भएको प्रवक्ता एवं कार्यकारी निर्देशक खतिवडाले बताए । नवनियुक्त भट्टले आर्यघाटअघिको विष्णुपादुकामा बसी प्रायश्चित्त गोदान गरेर पशुपति क्षेत्रका विभिन्न देवीदेवताको विधिअनुसार दर्शन र परिक्रमा गरी मन्दिर प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस