पाकिस्तानः धर्मनिन्दाको आरोपमा फैसलाबादमा धेरै गिर्जाघरमा तोडफोड

फैसलाबादः पाकिस्तानको फैसलाबादको जरानवाला जिल्लामा बुधबार धेरैगिर्जाघरहरूमा तोडफोड गरिएकोपाकिस्तानको डन पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै समाचार लेखेको छ।

डानसँग कुरा गर्दै जरनवाला तहसीलका पास्टर इमरान भट्टीले इसा नगरी क्षेत्रमा रहेको साल्भेसन आर्मी चर्च, युनाइटेड प्रेस्बिटेरियन चर्च, एलाइड फाउन्डेशन चर्च र शेहरूनवाला चर्चमा तोडफोड भएको बताए।

ईश्वरनिन्दाको आरोप लागेका एक क्रिस्चियन क्लिनरको घर पनि भत्काइएको भट्टीले बताए ।

पञ्जाबका प्रहरी प्रमुख उस्मान अन्वरले प्रहरीले प्रदर्शनकारीसँग वार्ता गरिरहेको र क्षेत्रलाई घेराबन्दी गरिएको बताए ।

डनसँग कुरा गर्दै, प्रान्तीय प्रहरी प्रमुखले भने— ‘यस क्षेत्रमो साँघुरो गल्लीहरू छन् जसमा साना दुई तीन मरला चर्चहरू छन् र त्यहाँ एउटा मुख्य चर्च छ । उनीहरूले गिर्जाघरको केही भाग तोडफोड गरेका छन्।’

शान्ति समितिसँग छलफल गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको अधिकारीले बताए । प्रदेशमा प्रहरी सक्रिय भएको अधिकारीले बताए ।

यसैबीच, क्रिस्चियन नेताहरूले भने प्रहरी मौन दर्शक बनेको आरोप लगाएका छन् ।

चर्च अफ पाकिस्तानका अध्यक्ष विशप आजाद मार्शलले क्रिस्चियनहरूलाई यातना र उत्पीडन भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस