फेरि २ किलो सुन बरामद, २ जना पक्राउ

काठमाडौं, ३ भदौ । एक क्विन्टल सुन प्रकरण नसेलाउँदै फेरि २ किलो सुन बरामद भएको छ।

आइतबार(आज) प्रहरीले रसुवाको गोसाइकुण्ड गाउँपालिका-५ बाट २ केजी सुन बरामद गरेको हो।

सुनसहित सिन्धुपाल्चोका सुदीप शेर्पा र फुरसाङ्‍गु शेर्पा पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट दुईवटा बिस्कुटसहितको सुन पक्राउ गरिएको प्रहरीले जनाएको हो।

प्रतिक्रिया दिनुहोस