तीव्र गतिमा कोलेस्ट्रोल घटाउन खानुहोस् यी खानाहरु

काठमाण्डौं,१२ भदौ । शरीरमा खराब कोलेस्ट्रोल बढ्नाले कैयौं समस्याहरु हुन सक्छन् । यसले मुटुको समस्या तथा स्ट्रोक आउने खतरा कैयौं गुणा बढेर जान्छ । यसका साथै कोलेस्ट्रोल बढ्दा रगत जम्ने समस्या पनि हुन सक्छ ।

कोलेस्ट्रोल कसरी नियन्त्रण गर्ने ?

शरीरमा बढिरहेको कोलेस्ट्रोलको मात्रालाई कम गर्नका लागि कोदो, प्याज र लसुनलाई अंकुरित गरेर खानुपर्छ । खासगरी यी तीनवटै चिज उम्रिएपछि एकदमै फाइदाजनक हुन जान्छन् ।

प्याज

कोलेस्ट्रोललाई नियन्त्रण गर्नका लागि अंकुरित भएको प्याजको प्रयोग गर्न सकिन्छ । प्याजमा भिटामिन सी, भिटामिन बी, पोटाशियम तथा फोलेट जस्ता कैयौं पोषक तत्वहरु पाइन्छन् । यसको सेवनले उच्च भएको कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्न सकिन्छ ।

कोदो

त्यस्तै टुसा उमारेको कोदोमा अमिनो एसिडको मात्रा पाइन्छ, यो शरीरमा कोलेस्ट्रोललाई कम गर्छ । यसमा फाइबरको मात्रा धेरै पाइन्छ, जो मुटुका लागि पनि फाइदाजनक हुन्छ । अंकुरित कोदोले लिवरमा जमेको बोसोलाई पनि कम गर्न सकिन्छ ।

लसुन

अंकुरित भएको लसुन सुन्दा अचम्म लाग्ला तर यो एन्टीअक्सीडेन्टले भरपूर हुन्छ । यही कारणले गर्दा अंकुरित लसुन खानाले कोलेस्ट्रोलको मात्रा कम गर्ने, रक्तचाप तथा मुटु सम्बन्धी समस्याको जोखिमलाई कम गर्न सकिन्छ ।

अन्य अंकुरित खाना

शरीरमा कोलेस्ट्रोलको मात्रालाई कम गर्नका लागि तपाईं अंकुरित गरेको हरियो मुंग दाल, कालो चना, आदिको सेवन पनि गर्न सक्नुहुन्छ । स्प्राउट्सको सहयोगमा कोलेस्ट्रोलको मात्रालाई तीव्र गतिमा कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस