पीओकेको गिलगिट–बाल्टिस्तानमा मौलवीहरूको अपमानजनक टिप्पणी पछि अशान्त बन्दै

इस्लामाबाद— विभिन्न विचारका दुई धर्मगुरुहरूले सम्बन्धित समुदायको भावनामा चोट पुर्‍याउने असंवेदनशील टिप्पणी गरेपछिपाकिस्तान–शासित कश्मीर (पीओके) को गिलगिट–बाल्टिस्तान क्षेत्र केही हप्तादेखि तनावपूर्ण अवस्थाको सामना गरिरहेको डन पत्रिकाले उल्लेख गरेको छ ।

तनावपूर्ण स्थिति भएपछि दुरसञ्चार धिकरणले अर्को आदेश नभएसम्मका लागि जिल्लाभर मोबाइल इन्टरनेट सेवा बन्द गर्रे को छ ।

गिलगिट—बाल्टिस्तान सरकारले सेना तैनाथीको रिपोर्टलाई निराधारको रूपमा खारेज गरेको छ र हजरत इमाम हुसैनको चेहलम अगाडि कानून र व्यवस्था कायम गर्न पाकिस्तानी सेना र सिभिल सशस्त्र बलका सेवाहरूलाई अनुरोध गरेको छ।

यद्यपि, एक शीर्ष अधिकारीले यस क्षेत्रमा सुरक्षा अवस्था सामान्य रहेको बताएका छन् र इन्टरनेट सेवाहरू निलम्बन गर्ने र धारा १२२ लागू गर्ने निर्णय कानून र व्यवस्था कायम राख्न लिइएको जानकारी दिए।

यसबाहेक, अञ्जुमन—ए—इमामियाको आह्वानमा गिलगिट शहर र नजिकैका क्षेत्रहरूमा भएको प्रदर्शनपछि शुक्रबार स्थिति अझ तनावपूर्ण भएको थियो । ,

उनको भनाइपछि प्रदर्शनकारीले धर्मगुरुलाई कारबाही गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस