पाकिस्तानमा यो वर्ष बेरोजगारको संख्या ५६ लाख पुग्ने प्रक्षेपण

इस्लामावाद— पाकिस्तानमा यस वर्ष बेरोजगारहरूको संख्या ५६ लाख पुग्ने प्रक्षेपण गरिएको छ । २०२१ यता १५ लाखले वृद्धि भएको डन न्यूजले उल्लेख गरेको छ।

पाकिस्तानको श्रम बजार कोभिड—१९ महामारी र आर्थिक संकटबाट पूर्ण रूपमा बाहिर आउन नसेकेको डन न्यूजले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को रिपोर्टलाई उद्धृत गर्दै लेखेको छ ।

यसबाहेक महिला बेरोजगारी दर ११ दशमलव १ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

आईएलओ को प्रक्षेपण अनुसार, २०२३ मा पाकिस्तानको रोजगारी—जनसंख्या अनुपात ४७ दशमलव ६ पुग्ने संकेत देखिएको छ ।

पछिल्लो समय पाकिस्तानले धेरै अनौपचारिकता र बाहिर बसाइँ सर्ने क्रममा धेरै चुनौतीहरूको सामना गरिरहेको छ जसले यसको श्रम बजारमा ठूलो असर गरिरहेको छ।

२०२२ को नाशकारी बाढी र वर्तमान आर्थिक संकटको कारण पाकिस्तानको अर्थतन्त्रले नकारात्मक वृद्धि र मुद्रास्फीतिको दबाबको सामना गरिरहेको छ ।

जुन ३० मा समाप्त भएको आर्थिक वर्षमा पाकिस्तानको कुल ऋण र दायित्व २९ प्रतिशतले बढेर रु ५६ दशमलव २१ ट्रिलियन पुगेको केन्द्रीय बैंकले उल्लेख गरेको छ।

डनका अनुसार सरकारले आफ्नो खर्च आवश्यकताहरू पूरा गर्न ठूलो मात्रामा ऋण लिएको बेला यो सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस