पाकिस्तानको बलुचिस्तानमा ६ फुटबलरको अपहरण

इस्लामाबाद—पाकिस्तानको बलुचिस्तानको डेरा बुग्तीमा ६ फुटबल खेलाडीलाई अपहरण गरिएको डन पत्रिकाले उल्लेख गरेको छ।

अखिल पाकिस्तान मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिताको छनोट चरणमा भाग लिन सिबी जाँदै गरेका ६ जना फुटबल खेलाडीलाई डेरा बुग्ती जिल्लाको सुई तहसीलको काच्छी नहर क्षेत्रमा अज्ञात बन्दुकधारीले अपहरण गरेका थिए ।

उनीहरू डेरा बुग्ती जिल्ला फुटबल टोलीका अन्य सदस्यहरूसँग यात्रा गरिरहेका बेला सुई तहसीलको जानी पेडी क्षेत्रमा हतियारधारीहरूले बन्धक बनाएका थिए। डनले उद्धृत गरेको स्रोतका अनुसार करिब २४ जना खेलाडी सिबी जाँदै गर्दा हतियारधारी समूहले उनीहरुको गाडी रोकेर जबरजस्ती अपहरण गरेका थिए

अपहरणमा परेका खेलाडीका अभिभावकले जिल्ला सरकारले आफ्ना छोराछोरीलाई फिर्ता ल्याउनका कुनै पहल नगरेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस