अमेरिकाः भारत बाहिर निर्मित सबैभन्दा ठूलो हिन्दू मन्दिर न्यु जर्सीमा सर्वसाधारणका लागि खुला

न्यु जर्सी— अमेरिकाको सबैभन्दा ठूलो हिन्दू मन्दिर न्यु जर्सीमा खुलेको छ । रोबिन्सभिल सहरमा रहेको मन्दिरलाई आधुनिक युगमा भारत बाहिर निर्मित सबैभन्दा ठूलो हिन्दू मन्दिर दाबी गरिएको छ ।

१८३ एकडमा फैलिएको मन्दिर परिसरले उपमहाद्वीपका प्रमुख हिन्दू मन्दिरहरू प्रतिनिधित्व गरेको छ ।

अक्टोबर ८ मा मन्दिरको औपचारिक उद्घाटन गरिएको थियो भने १८ तारिखबाट सर्वसाधारणले दर्शन गर्न पाउनेछन् । भारतीय अमेरिकीहरू र हिन्दू अमेरिकीहरूका लागि यो महत्त्वपूर्ण कोसेढुङ्गा हो।

सन् २०१५ मा निर्माण सुरु भएको यस महामन्दिरको महन्त स्वामी महरा र विशिष्ट व्यक्तिले उद्घाटन गरेका थिए । रोबिन्सभिल टाउनशिपमा २ मिलियन घन फिट ढुङ्गा राख्नु सजिलो काम नभएको बताइएको छ ।
न्यूयोर्क त्रि—राज्य क्षेत्र यसको ठूलो हिन्दू अमेरिकी जनसंख्या र हिन्दू भक्तहरूको समुदायको लागि परिचित छ। मन्दिर न्यू जर्सीमा सयौं आगन्तुकहरूलाई आकर्षित गर्न विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस