भारतद्वारा चिनियाँ कम्पनी भिभोलाई भिसा उल्लङ्घन गरेको आरोप

नयाँ दिल्ली— चिनियाँ स्मार्टफोन निर्माता भिभो र यसका भारतीय सहयोगी कम्पनीका धेरै कर्मचारीहरूले भिसा माग्दा जागिर लुकाएको र कतिपयले जम्मू—कश्मीरको ‘संवेदनशी’ हिमाली क्षेत्रको भ्रमण गरेर नियमहरू उल्लङ्घन गरे, भारतको वित्तीय अपराध एजेन्सीले जनाएको छ।

२०२० मा सीमा झडपमा २० भारतीय र चार चिनियाँ सेनाको मृत्यु भएपछि नयाँ दिल्लीले आउने लगानीमा कडा प्रतिबन्ध लगाएको थियो र सयौं चिनियाँ एपहरू प्रतिबन्ध लगाएपछि व्यापारिक गतिविधिहरूमा बेइजिङसँग तनाव बढेको बेला अदालतको बयान आएको हो।

मनी लान्ड्रिंग अनुसन्धानमा भिभो कार्यकारी, गुआंगवेन कुआङको विरुद्ध अदालतमा मुद्धा दायर गरिएको छ ।

कम्तिमा ३० चिनियाँ व्यक्तिहरू व्यापार भिसामा भारतमा प्रवेश गरे र भिभो कर्मचारीको रूपमा काम गरेको बताइएको छ ।

ूविभिन्न चिनियाँ नागरिकहरू भारतीय भिसा सर्तहरूको घोर उल्लङ्घन गरी जम्मू र कश्मीर र लद्दाखका संवेदनशील ठाउँहरू सहित भारतभर यात्रा गरिरहेको बताइएको छ ।

गत वर्ष, मनी लान्ड्रिंग अनुसन्धानमा भिभो र यसका सहयोगीहरूसँग सम्बन्धित ४८ केन्द्रहरुमा छापा मारेको थियो । कम्पनीले भारतीय कर छली गरि गैरकानूनी रूपमा चीनलाई पैसा पठाएको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस