कुखुरा र माछाको मासु स्वास्थ्यका लागि लाभदायक

काठमाडौं । दशैं भन्नेवित्तिकै प्राय हरेक नेपालीको भान्सामा पाक्ने परिकारमा पर्छ मासु । दशैंमा खाइने चिल्लो मसलेदार मासुका परिकारलाई मिलाएर खान जानिएन भने स्वास्थ्यमा नराम्रो असर पार्नुका साथै दिर्घरोगको जोखिन समेत निम्त्याउन सक्ने हुदाँ सचेत रहन पोषणविद्को सुझाव छ ।

नेपालीहरुको महान पर्व बडादशैको विशेषताकै रुपमा लिइन्छ मासुका परिकार, दशैंका बेलामा सबैको भान्छामा चिल्लो मसलेदार मासुका पकवानमा नै विशेष गरेर जोड दिइएको पाइन्छ । भरपुर मात्रामा प्रोटिन पाइने मासुका मिठा-मिठा परिकार खादा केही समय आनन्द आउछ नै । सेतो मासु कुखुरा र माछामा पाईने पोषण तत्वले शरीरलाई राम्रो फाइदा पुग्छ पनि तर, खसी, च्याँग्रा, राँगा, जस्ता रातो मासुको बढी सेवन गर्दा सावधानी अपनाउनुपर्नै पोषणविद्को सुझाव छ । शरीरलाई राम्रो फाइदा दिने मासुको हिसाबले सेतो मासुलाई लिने गरेको पोषणविद् रश्नी बजिमय बताउनुहुन्छ ।

विगतको तुलनामा ४० वर्षदेखि माथिका मानिसहरु आफ्नो जीवनशैलीप्रति धेरै नै सचेत रहेको पाइएपनि ३० वर्षदेखि मुनिका युवाहरुमा भने बढी मात्रामा लापरवाही देखिएको पोषणविद् बजिमय बताउनुहुन्छ ।

तारेका, भुटेका मासुका परिकार, मसलेदार चिल्लो पदार्थको धेरै प्रयोग गर्नाले प्र्रयोग भएका खानाले पाचनप्रणालीमा क्यान्सर जस्ता दीर्घरोग समेत निम्तन सक्ने बताइन्छ । दशैंका समयमा मासुजन्य परिकार, अत्याधिक चिल्लो, मदिरा विभिन्न प्रकारका गुलियो मिठाइको सेवनले स्वास्थ्यको समस्या लिइ आउने बिरामीको संख्या बढ्ने गरेको स्वयम् चिकित्सकहरु बताउछन् ।

सन्तुलन मिलाएर दशैंमा पाक्ने परिकार सेवन गरेमा धेरै रोगका समस्याबाट बच्न सकिने हुँदा जिब्रोको स्वादका लागि मात्र खाने नभै मासुजन्य परिकारका साथै सागसब्जी , फलफूल र प्रसस्त पानी पिउन पोषणविद् बजिमय बताउनुहुन्छ ।

तसर्थ चाडपर्वका यो समयमा बिना कुनै लापरवाही स्वस्थ्य खानपीनमा ध्यान दिइ स्वस्थ्य जीवनशैलीका लागि आफै सचेत बन्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस