बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु , चार घाइते

दोलखाको  बिगु गाउँपालिका–२ ओराङमा सोमबार साँझ बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । वडा नम्बर १ लामा बगरको जगातबाट देउलाङतर्फ जाँदै गरेको वा १४ च ९३३४ नम्बरको बोलेरो राइबेटारमा दुर्घटना हुँदा स्थानीय २० वर्षीया बालमाई तामाङ र १८ वर्षींया चिनीमाया तामाङको मृत्यु भएको वडाध्यक्ष दीपक ठकुरीले जानकारी दिएका छ्न । उनका अनुसार दुर्घटनामा परी चालक एकराज तामाङसहित चार जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी गए राति नै उपचारका लागि काठमाडौँ पठाइसकिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस