पाकिस्तानमा कोहिस्तान धर्मगुरुद्वारा एनजीओ महिलाहरूलाई ‘ना महरम’ पुरुषहरूसँग हिँडडुल गर्न नदिने

कोहिस्तान—पाकिस्तानको कोहिस्तानमा धर्मगुरुहरूको एउटा समूहले गैर—सरकारी संस्थाहरू (एनजीओ) मा काम गर्ने महिलाहरूलाई सार्वजनिक रूपमा ‘ना महरम’ पुरुषहरूसँग घुलमिल हुन अनुमति नदिने बताएका छन् ।

तिनीहरूको वैवाहिक स्थितिको आधारमा उनीहरूलाई विशेष निर्देशनहरू पालना गर्न निर्देशन दिएको डन पत्रिकाले उल्लेख गरेको छ ।

इस्लाममा‘ूना मेहरम’ भनेको महिला—पुरुषहरूलाई हो जसलाई विवाह गर्न अनुमति छ।

१२ जनाको समुहका धर्मगुरुहरूले भने कि यदि कुनै विवाहित महिला ना महरम पुरुषसँग भेटिएमा उसलाई इलाकाबाट निष्कासित गरिनेछ।

यदि एक महिला अविवाहित छ भने, साथमा आएका पुरुषले उनीसँग विवाह गर्नुपर्छ।

अर्का धार्मिक नेता मौलाना फजल वहाबले यो निर्णय कोहिस्तानका सबै उलेमाबीच एकमत भएको दाबी गरे।

डनसँग कुरा गर्दै सहायक आयुक्तले धर्मगुरुहरूले आफ्नो ‘निहित स्वार्थ’ को लागि यो निर्णय गरेकोमा जोड दिए।

आठ महिनादेखि यस क्षेत्रमा गैरनाफामूलक संस्था सञ्चालन भइरहेको र मौलवीहरूले कहिल्यै गुनासो नगरेको उनले औंल्याए।

प्रतिक्रिया दिनुहोस