भारतले जनताको आकांक्षा पूरा गर्न पूर्वाधारमा लगानी

नयाँ दिल्ली— भारतको केन्द्रीय वाणिज्य मन्त्री पियुष गोयलले भारत आफ्नो बढ्दो जनसंख्याको आकांक्षा पूरा गर्न पूर्वाधारमा ठूलो लगानी तर्फ अघि बढिरहेको बताएका छन् ।

ुआईएसए स्टील कन्क्लेभ २०२३ को चौथो संस्करणलाई सम्बोधन गर्दै।मन्त्रीले सन् २०३० सम्ममा वार्षिक ३० करोड टन स्टिल उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन् ।

कार्यक्रममा ‘स्टील सेपिङ द सस्टेनेबल फ्युचर’ भन्ने विषयमा छलफल भएको थियो ।
कार्बन बोर्डर एडजस्टमेन्ट मेकानिज्म को बारेमा चिन्तालाई सम्बोधन गर्दै, गोयलले भारत सरकारले यो मुद्दा युरोपेली संघ र विश्व व्यापार संगठन मा उठाएको बताएका छन्।

उनले भारतीय उत्पादक र निर्यातकर्ताहरूका लागि उचित व्यवहारको महत्त्वलाई जोड दिए ।

मन्त्रीले विकसित देशहरूमा स्टिल उद्योगका लागि अझ राम्रो स्वतन्त्र व्यापार सम्झौताको पहुँच सुनिश्चित गर्ने प्रयासलाई प्रकाश पार्दै व्यापार सम्झौताहरूमा बौद्धिक सम्पत्ति र मूल्य अभिवृद्धिको महत्त्वमा जोड दिए।

प्रतिक्रिया दिनुहोस