कश्मीरमा पाकिस्तानको भन्दा भारतको १८ गुणा बढी लगानी

भियना— कश्मीरमा भारत र पाकिस्तानबीच सामाजिक–आर्थिक विकासको तुलना गरिएको छ । भियनाको कश्मीर सांस्कृतिक केन्द्रले अनुसार भारतले आफ्नो क्षेत्र कश्मीरमा पाकिस्तान शासित कश्मीरको भन्दा १८ गुणा बढी लगानी गरेको छ ।

कश्मीर कल्चरल सेन्टर, भियनाले अस्ट्रियाको एसपीओ (सामाजिक प्रजातान्त्रिक पार्टी) सँग मिलेर कश्मीरको सामाजिक आर्थिक विकास विषयमा छलफल गरेको थियो ।

सो कार्यक्रमको उद्घाटन सोसल डेमोक्र्याटिक पार्टी अफ अस्ट्रिया मार्किटानका संघीय शिक्षा निर्देशक वोल्गाङ मार्किटानले गरेका थिए र कश्मीर कल्चरल सेन्टर, भियनाका निर्देशक नईम खानले कश्मीरको क्षेत्रमा आफ्नो गहिरो चासोको बारेमा बताए।

नईम खानले भारत र पाकिस्तान शासित कश्मीर (पीओके) मा मानिसहरूको सामाजिक—आर्थिक विकासको तुलना गरेर तथ्याङ्क प्रस्तुत गरे।

उनले समाजका विभिन्न क्षेत्र र अर्थतन्त्र दुवैतर्फको बजेट विनियोजन र वास्तविक खर्चबारे छलफल गरेका थिए ।

उनले भारतले कश्मीरमा पाकिस्तानले पीओकेमा खर्च गरेको रकमको तुलनामा १८ गुणा बढी खर्च गरेको बताए ।

उनले पीओकेमा विगत केही वर्षमा पूर्वाधार विकासमा कुनै लगानी नभएको उल्लेख गरे। उनले शिक्षामा पाकिस्तानको भन्दा भारतले दश गुणा बढी खर्च गरेको बताए ।

प्रतिक्रिया दिनुहोस