कश्मीरलाई भारतको बाँकी भागसँग जोड्ने पहिलो सीधा रेल सेवा चाँडै सञ्चालन हुँदै

जम्मू— कश्मीर उपत्यकालाई भारतको बाँकी भागसँग जोड्ने बहुप्रतिक्षित उधमपुर—श्रीनगर—बारामुल्ला रेलवे लाइन (यूएसबीआरएल) लगभग पूरा भएको छ र चाँडै रेलहरू आफ्नो ट्र्याक हिड्नेछन् ।

जम्मु र कश्मीरको इतिहासमा पहिलो पटक, रेलहरू जम्मू क्षेत्रबाट रमणीय कश्मीर उपत्यकामा चल्नेछन्, जसको मतलब भारतभरका मानिसहरूले कश्मीर उपत्यकामा निर्बाध र झन्झटमुक्त रेल यात्राको अनुभव लिन सक्नेछन्।

डिसेम्बर ५ मा, उत्तरी रेलवेले जम्मूको रामबन जिल्लाको बनिहालदेखि खारी रेलवे स्टेशनसम्म इलेक्ट्रिक ट्रेनको सफल परीक्षण सञ्चालन गरेको थियो ।

सीधा रेल सेवाले सबै मौसममा यात्रा गर्ने मात्र होइन् श्रीनगर र जम्मू बीचको यात्रा समयलाई ६ घण्टाबाट घटाएर ३ देखि ४ घण्टामा यात्रा गर्न सकिनेछ, जसले यात्रुहरूलाई पर्याप्त राहत प्रदान गर्नेछ।

कोंकण रेलवेका वरिष्ठ इन्जिनियरका अनुसार आगामी ३–४ महिनाभित्र रेल सेवा सुरु हुनेछ ।

२००२—०३ मा राष्ट्रिय परियोजना घोषणा गरिएको २७२ किलोमिटर लामो यूएसबीआरएल परियोजना चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो।

प्रतिकूल मौसम वा श्रीनगर—जम्मु राष्ट्रिय राजमार्ग बन्द हुँदा, यात्रुहरूले जम्मूमा खाना र आवासमा अतिरिक्त पैसा खर्च गर्नुपर्नेछ, जुन अब गर्न नपर्ने हुनेछ । रेल सेवाले यात्रालाई सस्तो र सहज बनाउने दक्षिण कश्मीरको पुलवामा जिल्लाका मिरले भने।

प्रतिक्रिया दिनुहोस