पाकिस्तानका पत्रकार सम्बद्ध संस्थाद्धारा प्रेस स्वतन्त्रताको दमनको निन्दा

इस्लामाबाद— पाकिस्तानमा पत्रकार तथा मिडिया सम्बद्ध मिडिया सम्बद्ध संस्थाद्धारा देशमा प्रेस स्वतन्त्रताको दमन र मानिसहरूलाई सूचनाको अधिकारलाई कुण्ठा गरेकोमा चिन्ता व्यक्त गरेको जियो न्यूजले उल्लेख गरेको छ।

पाकिस्तान फेडरल युनियन अफ जर्नलिस्ट, एसोसिएसन अफ इलेक्ट्रोनिक मिडिया एडिटर्स एन्ड न्यूज डाइरेक्टर्स र काउन्सिल अफ पाकिस्तान न्यूजपेपर एडिटरले प्रेस स्वतन्त्रताको पछिल्लो अवस्थाको निन्दा गर्दै संयुक्त विज्ञप्ति व्यक्त गरेका छन्।

मिडिया संगठनहरूले पूर्व प्रधानमन्त्री इमरान खानलाई संलग्न रहेको साइफर केस लगायतका महत्त्वपूर्ण मुद्दाहरूको कभरेजमा प्रतिबन्ध लगाउने अदालतको निर्णयप्रति खेद व्यक्त गरे। उनीहरूले कभरेज प्रतिबन्ध जनताको सूचनाको अधिकारलाई हनन् गर्नुबाहेक अरू केही नभएको बताए।

उनीहरुले प्रेस स्वतन्त्रताका लागि आवश्यक पर्ने सबै काम गर्ने र यसका लागि सम्भावित कानुनी कदम चालिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यसका लागि अन्य सरोकारवालासँग पनि परामर्श थालिएको उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस