बंगालदेशबाट नेपालसम्म बस यसरि चल्ने तयारीमा

बंगलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी) ले नेपाल र भारतमा चारवटा नयाँ अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सस्तो हुने भएकाले धेरै मानिसहरू बसमा यात्रा गर्न इच्छुक देखिएकाले यस्तो योजना बनाइएको हो ।

बीआरटी अधिकारीहरूका अनुसार चार नयाँ रुटहरूमा चट्टोग्राम–कोलकाता, ढाका–गान्टोक (सिक्किम), बारिसाल–कोलकाता र ढाका–नेपाल रहेका छन् । डेली सनका अनुसार बीआरटीसीले सन् २०१८ मा नै ढाका–नेपाल रुटबारे सर्वेक्षण गरेको थियो । दुईवटा बसमा ८० जना प्रतिनिधि बोकेर परीक्षण यात्रा गरिएको थियो । तर, यसको सुरुवात भने हुन सकेको थिएन ।

त्यस्तै, चट्टोग्राम–कोलकाता रुट व्यावसायिक रूपमा सफल हुने सर्वेक्षणमा पाइएको छ । यसका लागि बीआरटीसीले रोर्ड ट्रान्सपोर्ट र ब्रिजेज मन्त्रालयलाई प्रस्ताव पठाइसकेको छ । त्यहाँबाट उक्त प्रस्ताव अन्तिम निर्णयका लागि विदेश मन्त्रालय पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस