नङ पाल्ने सौखले खातामा जम्मा भयो ४ लाख !

जनकपुर– समाजमा मान्छेका अनेक सौख हुन्छन् । कहिलेकाहिँ त्यही सौख उनीहरुको पहिचान वन्ने गर्छ ।त्यस्तै सौ’ख भएका ब्यक्ति हुन्– जनकपुर उपमहानगरपालिका–१७, कनकपट्टीका दिनेशसिंह यादव ।

स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल रहेका यादवको नङ पाल्ने सौख छ। र लामो नङ पालेरै उनी आफनो पहिचान वनाउन चाहान्छन् ।लामा नङ पाल्नेमा आफू नेपालमै पहिलो व्यक्ति भएको उनको दावी छ।

हातका औलाको नङ ४० इन्चसम्मको भइसकेको उनी वताउँछन् ।वाहिर जाँदा नङ हेर्न र फोटो खिच्नका लागि मानिसहरुको होडवाजी चल्ने गरेको उनको अनुभव छ।

विदेशमा काम गर्ने केही कनकपट्टीवासीले उनको नङका बारेमा प्रचारप्रसार पनि गर्ने गरेका छन् । जसका कारण युएसए र जापानवासीले नङको संरक्षणकै लागि भनेर आर्थिक सहयोग गर्ने गरेका छन् ।

युएसए र जापानवासीले मासिक १५ हजार रकम सहयोग गरिरहेको उनले वताए । त्यसवेला गर्व महसुस हुने गरेको उनले वताए । नङ पाल्दा उनलाई खुसीसँगै पी’डा पनि हुने गरेको छ ।विशेष गरेर जाडो महिनामा नङकै कारण सुत्न स’मस्या हुने गरेको उनले बताए। सुत्दा नङ न’भाचियोस भनेर जोगाएर सुत्नु पर्ने भएकाले स’मस्या हुने गरेको उनको भनाई छ ।

ओढ्ने–ओछ्याउनेको समस्याले जाडा याममा नङ जोगाउन स’मस्य हुने गरेको दिनेशले वताए ।नङ पालेर विश्व रेकर्ड कायम गर्न विदेशवाट समेत सहयोग पाउँदा आफनो देशको सरकारले भने वास्तै नगर्दा उनलाई दुःख लागेको छ ।

‘सहयोगका लागि आएको मध्ये ५ सय खर्च हुन्छ, अरु बैंकमा जम्मा गरेको छु’ उनले भने–‘त्यो पैसा अहिले करिव ४ लाख पुगेको छ।’आफुले प्रदेश २ का मुख्यमन्त्रीसँग पनि भेटेको र आर्थिक सहयोगको लागि आग्रह गरेको उनले बताए । मधेस र देशकै नाम राख्न आफुले प्रयास गरिरहेको वताउँदा पनि सहयोग नपाएको यादव वताउँछन् ।

प्रतिक्रिया दिनुहोस