संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त

काठमाडौं- संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त हुनु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गर्नु भएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

महासचिवमा नियुक्तिअघि पाण्डेयले आजै नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिनु भएको थियो । उहाँले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति पौडेलले आजै देखि लागू हुने गरी पाण्डेलाई संघीय संसदको महासचिव नियुक्त गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस