साेमबारे औंशीबाट व्रत प्रारम्भ : श्रावण महिनामा नयाँ व्रत बस्नेहरुका लागि अत्यन्तै शुभ संयाेग

श्रावण १ गते बिहिवार तथा कृतिका नक्षत्रबाट महिना प्रारम्भ भएकाे छ यसैदिन कामिनी एकादशी व्रत समेत परेकाे छ ।
हिन्दूहरुकाे लागि श्रावण महिना विशेषगरी साकाहारी भएर महिनाभरी आरध्यदेव भगवान् महादेवकाे पुजा तथा बाेलबम जाने परम्परा सदीयौंदेखि चलिआएको छ ।

यसै दिनदेखि सूर्य उत्तरी गाेलार्धबाट दक्षिणी गाेलार्धमा प्रवेश गर्नेछन् ।
१ गतेबाट विस्तारै दिन छाेटाे र रात लामाे हुदैजाने छन् ।
खगोल शास्त्रमा कर्कट र मकर सङ्क्रान्तिकाे विशेष महत्व रहने गरेकाे छ ।

श्रावण महिना शिवकाे प्रिय महिना भएकाले विशेष रुपमा पुजा,आरधना,उपासना तथा व्रत वस्नका लागि अत्यन्तै शुभ हुने र समस्त मनाेरथ पूर्णहुने शास्त्रमा उल्लेख गरिएको छ ।
“अपुत्राेलभते पुत्र निर्धनाेधनवान् भवेत् अविद्धाया लभते विद्या यदिधर्म विदाेविदु ।

अर्थात नियम पुर्वक यदि कुनै पनि पुरुष तथा महिलाले श्रावणी साेमबारकाे व्रत बसेमा सन्तान नहुने हरुका लागि सन्तान प्राप्ति हुनेछ यदी धन सम्पत्तिमा रुकावट या अवरोध भएकाे छ भने बाधा अर्चन हट्ने छन् ।
विद्यार्थी हरुलाई विद्यामा अवरोध छ भने पनि व्रतका प्रभावले विद्यामा प्रगति हुने शास्त्रमा उल्लेख गरिएको छ ।

यस महिनामा दुईवटा शनि प्रदाेष व्रत, साेमबारे अैंसी,नाग पञ्चमी,रबि सप्तमी व्रत, श्रीकृष्ण जन्माष्टमी तथा जनै पूर्मिमा व्रत परेकाले पनि बिशेष महत्व रहने गरेकाे उल्लेख गरिएको छ ।

बिहिवारबाट प्रारम्भ हुने श्रावण महिनामा चार ओटा साेमबार परेकाे छ ।
५ गते साेमबारे ‌औंसीबाट साेमबार प्रारम्भ भएकाे छ नयाँ व्रत वस्न चाहने हरुका लागि याे समय अति उत्तम रहेकाे छ ।

आगामी असाेजमा मलमास परेकाले महत्त्वपूर्ण चाडपर्व श्रावण महिनामै परेकाले यस वर्षको श्रावण महिना र साेमबारकाे विशेष महत्त्व रहेकाे शास्त्रमा उल्लेख गरिएको छ ।
१२ गते साेमबार गाेस्वामीतुलसिदास जयन्ती परेकाे छ तेस्तै १९ गते साेमबारकादिन पूर्णिमा व्रत तथा रक्षा बन्धन पर्व परेकाले पनि उत्तम भनेर भनिएकाे छ।

२६ गते अन्तिम साेमबार र भाेलिपल्ट श्री कृष्ण जन्माष्टमी पर्व परेकाले यस वर्षकाे श्रावण महिना विशेष महत्त्व तथा लामाे समय पछि मात्रै यस्ताे संयाेग पर्ने उल्लेख गरिएको छ ।
बिहिवार १ गते देखि नै देब गुरु बृहस्पतिले राशि परिवर्तन गर्दै आफ्नै राशि धनुमा आउन लागेकाले पनि विशेष महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस