साउनमा १० वर्षपछि शनि प्रदोषको योग, यी ४ राशिको चम्किनेछ भाग्य

ठमाडौँ । साउनको महिना भगवान शिवको उपवासका लागि विशेष मानिन्छ। शिव शनिदेवका गुरु हुन्। यो वर्ष साउनमा २ पटक शनि प्रदोषको संयोग बनेको छ। साउन ३ र १० गते अर्थात जुलाई १८ र अगष्ट १ मा शनि प्रदोषको संयोग रहेको छ। यसअघि सन् २०१० मा ७ अगष्ट र २१ अगष्टमा यस्तो संयोग परेको थियो।

ज्योतिषविद्का अनुसार यो संयोग केही राशिका लागि निकै शुभ मानिन्छ। वृष, मिथुन, धनु र मकर राशिका लागि अनायासै धन लाभको योग बनेको छ। आउनुहोस् जानौँ शनि प्रदोषको यो संयोग कुन राशिका लागि कस्तो रहन्छ ?

ज्योतिषहरुका अनुसार सयौँ वर्षपछि श्रावणमा अद्भुत संयोग बनेको छ । श्रावण महिनामा ५ सय ५८ वर्षपछि ४ वटा ग्रहको वक्र योग परेको छ ।

श्रावण महिनामा योपटक गुरु, शनि, राहु तथा केतुको बक्र परेको छ । अर्थात यी ग्रहहरुको चाल उल्टो हुनेछ।

सिंह र कुम्भ राशि भएकाहरुलाई यो संयोग सबैभन्दा शुभ रहनेछ ।

५ सय ५८ वर्ष पहिला अर्था १४६२ मा यस्तै संयोग बनेको थियो । यसको प्रभाव श्रावण महिनाभरी रहने छ। ज्योतिषाचार्य पण्डित मनिष शर्माका अनुसार गुरु, शनि, राहु तथा केतु चार ग्रह एक साथ बक्र रहेछन्।

५५८ वर्ष पहिला पनि गुरु शनि राहु केतु एक साथ श्रावण महिनामा आएका थिए । त्यस समय गुरु स्वयंको राशि धनुमा वक्र, शनि आफ्नो राशि मकरमा वक्र, राहुन मिथुनमा र केतु धनू राशीमा बक्र भएको थियो ।

४ ग्रहको बक्र योगले तपाईको राशिमा कस्तो प्रभाव पर्ला

प्रतिक्रिया दिनुहोस