यो पढ्न पाउन को लागी एकदम भाग्यशाली ठान्नुहोस् आफुलाई।नपढे धेरै पछुतो हुनेछ,एक मिनट समय निकालेर पढ्नुहोला

जतिबेला तपाईंको मृत्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक लास बन्न सुरु गर्छ । अरे..लास लिएर आउनुहोस्। …लास लाई उठाउनुहोस्। …लास लाई सुताउनुहोस। । यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन्,

जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जीवन बिताउनुभयो ।त्यसैले, यता उताबाट धेरै सम्पत्ति जम्मा गर्नुको कुनै औचित्य छैन । राम्रोसँग कमाउनुहोस्, राम्रोसँग खानुहोस्, र राम्रोसँग सुत्नुहोस् । जिबनमा आइपर्ने हरेक चुनौतिलाई स्वीकार गर्नुहोस् ।आफुलाई मनपर्ने सामनको लागि खर्च गर्नुहोस् ।यति हाँस्नुहोस कि तपाईंको पेट नै दुखोस । तपाईं जति नै नराम्रो नाच्नुहुन्छ । फ़ेरि पनि नाच्नुहोस । ती खुसीहरु महसुस गर्नुहोस् । फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् ।

एकदम सानो बच्चा जस्तै बन्नुहोस । किनकि मृत्यु जिबनको सबैभन्दा ठूलो लास होइन । लास त त्यो हो, तपाईं जिउँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ।जिन्दगी थोरै छ,हरेक पल म खुसी छु, काम मा खुसी छ, आराम गर्दा खुसी छु आज खाना मा मासु छैन, दाल मा पनि म खुसी छु आज गाडी छैन, हिडेर जान पनि म खुसी छु साथीहरुको साथ छैन, एक्लै पनि खुसी छु् आज कोही रिसाएको छ,

उ रिसाएको छ मलाई थाहा भएर पनि म खुसी छु। जसलाई देख्न सक्दिन , उसको आवाज सुनेर पनि खुसी छु। जसलाई पाउन सक्दिन, उसको बारेमा सोचेर पनि म खुसी छु।हिजोको दिनहरू बितिसकेको छ, उसको मीठो सम्झनामा पनि म खुखुसी छु ।भोलिको बारेमा थाहा छैन, पर्खाइमा पनि म खुसी छु । हाँस्दै खेल्दै बित्दै छ समय, आजमा पनि म खुसी छु । जिन्दगी छ छोटो, हरेक पल म खुसी छु । यदि माथिका कुराहरुले तपाइको मन छोयो भने जवाफ दिनुहोस् । जवाफ बिना पनि म खुसी नै छु ।

प्रतिक्रिया दिनुहोस