काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य उपचार खर्च सरकारकाले बेहोर्ने निर्णयको विरोध गरेका छन्।
बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पुगेका बेला प्रधानमन्त्री देउवालाई फोन गरेर खनालको उपचार खर्च सरकारले बेहोर्ने बताएका थिए।
नेता थापाले खनालको उपचारका लागि आर्थिक सहायता आवश्यक परे विदेशमा रहेका नेपालीले सहयोग गर्ने तर,खर्च राज्यकोषबाट व्यहोर्नु कानुन विपरीत हुने बताएका छन्।
उनले बुधबार सामाजिक सञ्जलामा लेखेका छन् ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छु।’
सम्माननीय @PM_nepal_ 'कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ। pic.twitter.com/vijlgkYCY5
— Gagan Thapa (@thapagk) July 21, 2021