बाबुरामलाई अभिनेत्री करिष्माको प्रश्न-‘एक दिन दुध चढाउँदा किन यत्रो रोइलो?’

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पोष्टप्रति आलोचना गरेकी छन्।डा.भट्टराईले सामाजिक सञ्जाल ट्विटर मार्फत भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दुध विसर्जन गर्दै पूजापाठ गरेको तस्वीरप्रति टिप्पणी गर्दै समाजिक सञ्जालमा राखेपछि उनको आलोचना भइरहेको छ।

भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीकी नेतृ समेत रहेकी अभिनेत्री मानन्धरले प्रकृतिलाई एकदिन दुध अर्पण गर्दा आपत्ति जनाउन आवश्यक नभएको बताएकी छिन्।यस्तै, समाचार वाचिका रमा सिंहले पनि डा.भट्टराईको अभिव्यक्तिको विरोध गरेकी छन्।

बालबालिकालाई रूघाखोकी लाग्दा ‘भिटामिन सि’युक्त खानेकुरा खुवाउने कि नखुवाउने ?
काठमाडौं – हाम्रो समाजमा रूघाखोकी र ज्वरो आउँदा बालबालिकालाई भिटामिन सि युक्त खानेकुरा खुवाउन हुदैन समस्या झन गाडिदै जान्छ भन्ने गरिन्छ । त्यस्तै, चिसो लाग्ला भनेर सब्ज़ी फलफूल खवाउनु हुदैन भन्ने परम्परागत बिश्वास पनि रहेको छ । बिशेषज्ञहरुले यस्ता परम्परागत बिश्वासमा नअलझिकन बालबालिकालाई रूघाखोकी र ज्वरो आउँदा भिटामिन सि युक्त खानेकुरा खुवाउनुपर्छ भनेका छन् ।

बालबालिकालाई रूघाखोकी र ज्वरो आउँदा भिटामिन सि युक्त ताजा फलफुल र सागसब्जि प्रशस्त मात्रामा खुवाउनुपर्छ । यस्ता खानेकुरा खानाले बालबालिकालाई रोगसँग लड्ने शक्ति बढाउँछ ।

भिटामिन सि अन्तगर्त सुन्तला, कागती, अम्बा, स्टोबेरी, मेवा, भुइकटर, किवि, आँप, एभोकेडा, ब्रोकाउली, आलु, टमाटर, बन्दा, काउली, हरियोत सागपात लगायत अन्य खानेकुरा खुवाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस