जम्मु काश्मीरका पर्यटहरु आउन थालेपछि यसअघिको क्षतिपूर्ति हुने आशा

श्रीनगर । कोरोना महामारीका कारण करिब डेढ वर्षसम्म ठप्प भएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्न थालेको छ। पर्यटकहरुको आवतजावत बन्द भएपछि संकटमा परेका श्रीनगरका डुंगा व्यवसायीहरु विस्तारै पर्यटकहरुको आगमनसँगै आशावादी बन्दै गएका छन्।

विगत केही वर्षदेखि दाल तालमा फोहर भरिएको र पछि कोरोना महामारीले गर्दा डुंगा व्यवसायीहरुलाई ठूलो घाटा पुर्याएपछि व्यवसायीहरु निराश भएका थिए। तर, पछिल्लो समय कोरोनाविरुद्धको खोपको उपलब्धता र महामारी विस्तारै नियन्त्रणको दिशामा रहेकोले पर्यटकहरु जम्मु काश्मीर आउने क्रम बढेको छ।

जम्मु काश्मीरका नागरिकको मुख्य आम्दानीको श्रोत भनेकै पर्यटन व्यवसाय हो। पर्यटकहरु आउन थालेपछि डुंगा व्यवसायीहरुले पर्यटकहरुलाई आकर्षक सेवा कसरी दिन सकिन्छ भन्ने प्रतिस्पर्धा गर्न थालेका छन्। धेरै डुंगाहरु बाढी र आगजनीका कारण बिग्रिएका छन् भने हाल ९२८ डुंगाहरु सञ्चालनमा छन्। उक्त डुंगाहरु जम्मु काश्मीरमा मुख्य दुई तालहरु दाल ताल र निजिन तालमा सञ्चालन भइरहेका छन्।

डुंगाहरु सञ्चालन हुन थालेपछि व्यवसायीहरुले विगतमा भएको क्षति केही हदसम्म भए पनि परिपूर्ति हुने आशा राखेका छन्। ताल सरसफाईलाई पनि व्यवस्थापकले ध्यान दिनुपर्ने डुंगा व्यवसायीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस