अब पृथ्वीको जमिन मुनी ५० हजार टन सुन बाँकी, जमिन माथि यति निस्किसक्यो…

सुन बहुमूल्य धातु हो जसका कारण यसको मूल्य महँगो छ। संसारभर नै सुनको प्रयोग हुन्छ। यसको मूल्य पनि तल माथि भइरहन्छ।सुन पृथ्वीको जमिन मुनी पाइने बहुमूल्य धातु हो जसकारण कुनै दिन यो खानीबाट झिक्न नसकिने गरी सकिने वैज्ञानिकहरु बताउँछन्।

विज्ञहरूका अनुसार कुनै एक वर्षमा उत्खनन गर्न सकिने उच्चतम परिमाणमा सुन झिकिन्छ। सन् २०१९ मा सुनखानीको कुल उत्पादन ३५३१ टन पुगेको थियो।अमेरिकी भूगर्भ विभागले जमिनमुनि अब ५०,००० टन सुन बाँकी रहेको आकलन गरेको छ।सन् २०१९ को अन्त्यमा जमिनमाथि अर्थात् संसारभर कुल १९७,५७६ टन सुन रहेको विश्व सुन परिषद्को तथ्याङ्क छ। बीबीसी

यिनै हुन् जनताको सेवा गर्दागर्दै मृत्यु भएका इन्जीनियर अर्जुन थापा, जस्ले पहिलो सन्तान जन्मँदा घर आउँछु भनेका थिए, मुखै हेर्न नपाई बिते

काठमाडौं । सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएको छ । आइतबार दिउँसो परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप प’डि्’क’एर आयोजनामा कार्यरत दुई जनाको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।

घटनामा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि वि ष्फो टसहित जोडिएको भाग छुटिएर घटना भएको हो ।

काभ्रेको धुलिखेल नगरपालिका-४ का २९ वर्षीय अर्जुन थापाले गर्भवती श्रीमतीसँग भनेका थिए, ‘म २० गतेसम्ममा आइपुग्छु।’ चिकित्सकले प्रसूति हुने मिति माघ ४ गते भनेका थिए। तर त्योभन्दा अगाडि नै हुनसक्ने पनि भनेकाले थापा पहिलो सन्तान जन्मिने बेला घर आउन खोज्दै थिए। तर उनको सपना अब अधुरै रहेको छ । ‘दुई-चार दिनअघि बुहारीलाई २० गते आउँछु भनेको रहेछ, यहीबीच यस्तो घटना सुन्नुपरो,’ उनका आफन्तले भने।

थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राइका अनुसार पाइप प’डि्’क’एर बे’हो’स भएका उनीहरुलाई खराब मौसमका कारण समयमै उद्धार गर्न सकिएको थिएन । ‘हेलिकोप्टर बोलएपनि खराब मौसमले जान नसकेपछि ओखढुंगाको मिसन अस्पतालमा लगिएको थियो, तर, उहाँहरुलाई अस्पतालले मृत घोषित गर्‍यो,’ उनले भने ।

घटनामा घाइते भएका एक एक इन्जिनियर काठमाडौंमा ल्याएर उपचार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस