मुटुको रोग छ भने घरेलु उपचार पीपलको पातको रस

आर्युवेदमा पीपलको विशिष्ठमहत्व छ । पर्यवरणलाई शुद्ध राख्ने पीपल औषधिय गुणले भरिपूर्ण छ । त्यसैले पीपलको रुख पूज्य भएको हो ।पीपलको पात, जो हृदय सम्बन्धी रोग भएकाहरुका निम्ती एकदमै लाभदायक हुन्छ । हृदय रोग एवं हृदयघातको समस्यामा पीपलको पातको रस उपयोगी हुन्छ । रक्त प्रवाहलाई सुचारु गराउछ ।

पीपलको पातको रसले रक्त प्रवाहलाई सुचारु गराउन सहयोग गर्छ । मुटुमा रगतको अवरोध हटाउन पीपलको पातको रसले प्रभावकारी काम गर्छ । भनिन्छ, ९९ प्रतिशत ‘हार्ट ब्लकेज’ हटाउन यस्तो रस उपयोगी हुन्यसका लागि पीपलको १५ वटा पात चाहिन्छ ।

पात धेरै कलिलो भने हुनु हुँदैन । प्रत्येक पातको माथिल्लो र तल्लो भाग काट्नुपर्छ र बीचको भागलाई पानीले राम्ररी सफा गर्नुपर्छ । यसलाई एक गिलास पानीमा धिमा आगोमा पकाउनुपर्छ ।

जब पानी उम्लिएर एक तीहाई भाग रहन्छ, तब सेलाएपछि सफा कपडाले छान्नुपर्छ । उक्त पानीलाई चिसो ठाउँमा राख्नुपर्छ ।यो रसलाई तीन खुराक बनाएर प्रत्येक तीन घण्टापछि सेवन गर्नुपर्छ । यदि हृदयघात भइसकेको अवस्था छ भने लगातार पन्ध्र दिनसम्म यसलाई सेवन गर्नुपर्छ, हृदय पुन स्वस्थ्य हुन्छ । साथै हृदयसम्बन्धी जोखिम पनि कम हुन्छ l

पीपलको पातमा मुटुलाई बलियो बनाउने एवं शान्त राख्ने अद्भूत क्षमता हुन्छ ।पीपलको पातको रस तीन खुराक विहान ८ बजे, मध्यन्ह ११ र २ बजे लिन सकिन्छ ।
खुराक लिनुअघि पेट एकदम खाली हुनुहुँदैन । सुपाच्य एवं हल्का नास्ता गरेको हुनुपर्छ ।प्रयोगकालमा तारेको, भुटेको वा चामल सेवन नगरौ । मासु, माछा, अन्डा, मदिरा, धुमपान बन्द गरौ ।

प्रतिक्रिया दिनुहोस