काठमाडौं। आज बिहीबार स्थानीय बजारमा सुनको भाउ बढेर कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज भने तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै बढेर तोलाको १ लाख २ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदीको भाउ भने तोलाको १ हजार २ सय ७० रुपैयाँमा स्थिर छ ।