यी ३ चिज कसैलाई पनि दान, उपहार र सापटी दिँदै नदिनुस् !

दान दिनु आफैंमा उत्तम कार्य हो | शास्त्रले पनि दान दिनु पुण्यको काम हो भनेको छ | दान दिँदा के दिने के, नदिने यसबारे भने जान्नैपर्ने हुन्छ | किनभने केहि यस्ता पनि चिज छन् चिज भुलेर पनि दान दिनु हुँदैन |

आज हामी दानमा दिन नहुने चिजबारे व्याख्या गराउँन गइरहेका छौं | जुन चिज दान दिँदा तपाईको घरमा अशान्ति र दरिद्रता छाउँछ | चाणक्य नीति अनुसारका यी ३ चिज दान, उपहार र सापटी दिँदै नदिनुस् |

१. स्वंयबरको औंठी : स्वंयबरको औंठी भुलेर पनि अरुलाई नदिनुहोला अर्थात् दान नदिनुहोला | स्वंयबरको औंठी माया र प्रेमको निसानी वा माया र प्रेमको उपहार हो | यसले जीवनमा ठुलो महत्व राख्दछ | स्वंयबरको औंठी कोहि कसैलाई दान, उपहार र सापटीमा नदिनुहोला |

२. घडी : घडीले तपाईको समय बताउँछ | राम्रो या खराब समय घडी र तपाईको परिस्थितिले जनाउँछ | घडी जुन व्यक्तिले सधैँ प्रयोग गर्ने गर्छ त्यहि व्यक्तिप्रति निर्भर रहेको हुन्छ | अरु कसैको घडी तपाईको नाडीमा बाध्नु भनेको तपाईको जीवनमा असर गर्नु हो | जसको कारण तपाईले आर्थिक नोक्सानी भोग्नुपर्ने हुन्छ | त्यसैगरी साथीभाई या कोहि आफन्तले तपाईको हातमा लगाइराखेको घडी एकछिन वा एकदुईदिन मागेमा दिने काम नगर्नुहोला | अर्को कुरा अरुको हातको घडी पनि तपाईले नबाध्नुहोला | यस्तै उपहार या दानमा पनि घडी दिनु राम्रो होइन | धेरैको बानी हुन्छ उपहारमा घडी दिने | अझ विदेशबाट आउनेले त प्रायजसो घडी नै उपहारमा दिने गर्छन् | तर त्यसो गर्नु नराम्रो हुने चाणक्य नीतिमा उल्लेख छ |

३. पैसा : धन लक्ष्मीको कृपा हो | तर धनले कोहि कसैलाई आफ्नो बनाउँन सकिदैन | उदाहरणका लागि तपाईले कसैलाई तलब दिएर राख्नुभएको छ र केहि दिन ढिला भयो भने तपाईमाथि प्रश्नचिन्ह खडा भैहाल्छ | अनि धनले कसरी आफ्नो बनाउँन सकिन्छ ? शास्त्रका अनुसार धन सबैभन्दा ठुलो शत्रु हो | धनकै कारण कति आपराधिक घटना घट्ने गरेको समाचार बेलाबेला आइरहन्छ | अझ आफन्तसँग त झन् पैसाको लेनदेन गर्नै हुँदैन | धनकै कारण सम्बन्ध तोडिने पनि सक्छ | हामीले कसैलाई दान गर्दा पैसाको सट्टा अरुनै चिज दिँदा राम्रो हुन्छ | त्यस्तै सापटीमा पनि सकभर पैसा नदिएकै राम्रो हुने वा नलिएकै राम्रो | किनभने पैसा सापटी लिएकै दिन त्यो मान्छेको नजरमा तपाई गिर्नुहुन्छ या लिने मान्छे गिर्छ |

प्रतिक्रिया दिनुहोस