चिनियाँ महिलाका लागि दुई श्रीमान् राख्नुपर्ने माग किन भइरहेको छ ?

एजेन्सी । चीनले जनसंख्या नियन्त्रणका लागि दशकौँ पहिले एक बच्चाको नीति लागू गर्यो । यसले त्यहाँ जनसंख्या त नियन्त्रण भयो, त्यसको नकरात्मक प्रभाव पनि पर्यो । दुष्प्रभावमा चिन्ता व्यक्ति गर्दै सांघाइमा फुडान विश्वविद्यालयका एक प्रोफेसरले एउटा अनौठो सल्लाह दिएका छन् ।

अर्थविद्समेत रहेका प्रोफेसर युङ क्वाङ्ग एनजीले चिनियाँ महिलालाई एक भन्दा धेरै श्रीमान् राख्ने अनुमति दिनुपर्ने सुझाव दिएका छन् । उनले यो सुझावलाई दुष्प्रभाव नियन्त्रणका लागि आफ्नो तर्फबाट एक प्रकारको माग रहेको बताएका छन् । यसकापछि उनको तर्क पनि गज्जबको छ । उनको यो तर्क धेरै बच्चा जन्माउनेसँग जोडिएको छ ।

प्रोफेसर क्वाङ्गले आफ्नो सुझाव लिंगानुपात मिलाउनका लागि भएको बताएका छन् । चीनमा लिंगानुपात असन्तुलन भएको छ । त्यसैले आफूले एक भन्दा धेरै पति राख्ने सुझाव सरकारलाई दिएको उनको भनाइ छ ।

प्रोफेसर भन्छन्, मैले धेरै पतिलाई जोड दिन खोजेको होइन । मैले सरकारलाई लिंग अनुपात राम्रो गराउनका लागि मेरो सुझाव मात्र राखेको हुँ । लिंग अनुपात सन्तुलन गर्नका लागि यो एउटा महत्वपूर्ण पक्ष हुनसक्छ भनेको हुँ । लिंग सन्तुलन भने आवश्यक छ ।

चीनमा एक जोडी एक बच्चाको नीति सन् १९८० मा सुरु भएको थियो । यसलाई चीनले सन् २०१६ मा हटाएको थियो । त्यसबीचमा पनि अल्पसंख्यकका लागि बच्चा धेरै पाउने छुट चीनले दिएको थियो । ग्रामिण क्षेत्रमा पनि एक भन्दा धेरै बच्चा पाउने अधिकार थियो ।

प्रोफेसर क्वाङ्गका अनुसार चीनको लिंगानुपात ११७/१०० रहेको छ । यसको सोझो अर्थ भनेको केटाहरुको संख्या १ सय १७ हुँदा केटीहरुको संख्या जम्मा १ सय रहेको छ । केटा धेरै र केटी थोरै हुँदै जाने अवस्था हरेक वर्ष बढ्न थालेको छ । यसले देशको अर्थ व्यवस्थामा पनि नकरात्मक प्रभाव परेको छ ।

चीनमा लिंगानुपात नमिल्दा धेरै केटाहरुले केटी नपाउने समस्या छ । त्यसैले प्रोफेसर क्वाङ्गले लामो अध्ययनपछि यस्तो निष्कर्ष निकालेर सरकारलाई सुझाव दिएका हुन् । उनको यो सुझावमा धेरै अर्थशास्त्री र समाजशास्त्रीले निश्चित समय तोकेर लिंगानुपात मिलाउनु पर्ने बताएका छन् ।

बालबालिका र ३० वर्षमुनीकाबीच यो अन्तर झनै ठूलो रहेको छ । त्यसैले चीनले यो विषयमा छिट्टै नयाँ निर्णय लिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस