मान्छे को जन्म सङै उसका इच्छा, आकाङ्क्षा अनि मनोभावना को उत्पत्ति हुन्छ।जसै मान्छे हुर्कन्छ उसका चाहाना हरु का विशेषता पनि परिपक्क हुँदै जान्छन्। उमेरले उत्तरदायित्व को परिकल्पना गराउछ भने उत्तरदायित्व ले संकल्प को बोध गराउछ।फरक यत्ति मात्रै होकि उत्तरदायित्व ले उपयुक्त मार्ग को विश्लेषण गराउछ भने संकल्प ले उक्त मार्ग को छनौट,बस सकारात्मकता अडिग हुनुपर्छ।
जीवन पारदर्शी बनाउन,अझै भन्नेहो भने भब्य, सभ्य अनि योग्य बनाउन अटुट निरन्तरता अत्यावश्यक हुन्छ।आत्मनिर्भरता ले वा अात्मसकक्षमता ले सान्दर्भिकता को परिचर्चा गर्दैन।हो आत्मसम्मान ले त्यसमा अझै गहिरोपन अर्थात मिठास उत्पन्न गराउछ।भबिस्य को निर्धारण निति,चरीत्र तथा समुचित अठोट गराउछ।दुरदर्शिता चाहिँ कायम राख्नु पर्छ।स्वस्वार्थ लाई त्यागेर जटिलता पन्छाउदै निस्वार्थता कायम गर्ने हो भने जीवन को यथार्थलाई मौलाउन सकिन्छ अनि संकीर्णता लाई बिदा गर्दै सफलता लाई सुस्वागत गर्नु नै वास्तविक जीवन को यथार्थता हो।
( नवीन पाण्डेय) Dadeldhura
Contact No. 9860311137