यी महिलाका लागि टिकटक बरदान सावित, भयो सपनामा पनि नसोचेको…

भारतको तामिलनाडूमा एक महिलाले आफ्नो पति सुरेश हराएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् । तर उनी त्यतिबेला अचम्ममा परिन् जब तीन वर्षपछि उनले आफ्नो पतिलाई टिकटक भिडियोमा देखिन् ।

टिकटकका विषयमा अचम्म(अचम्मका कुराहरू बाहिर आएका छन्, कतिपयले यसको विरोध पनि गर्छन् । तर आफ्नो पति हराएकी महिलालाई भने टिकटक वरदान सावित भएको छ ।

२०१६ मा सुरेश आफ्नो पत्नी जयाप्रदा र आफ्ना दुई छोराछोरीको वास्ता नगरी घर छोडेर हिंडेका थिए । पति हराएपछि जयाप्रदाले धेरै खोजी गरिन् तर फेला पार्न सकिनन् । उनले प्रहरीमा पनि उजुरी दिइन् तर प्रहरी पनि सुरेशलाई भेट्टाउन सकेन ।

तर तीन वर्षपछि जयाप्रदाको नातेदारले टिकटक हेर्दै गर्दा यस्तो भिडियो देखे जुन भिडियो बनाउनेको अनुहार सुरेशसँग मिल्दोजुल्दो थियो । त्यो भिडियो जब जयाप्रदालाई देखाइयो, उनले भिडियोमा भएको पुरुष आफ्नो पति भएको पुष्टि गरिन् । त्यसपछि प्रहरीमार्फत सुरेश फेला परे ।

प्रहरीले दिएको जानकारी अनुसार सुरेश आफ्नो पत्नीसँग सन्तुष्ट थिएनन् । उनको एक तेस्रोलिंगीसँग पनि सम्बन्ध रहेको पुष्टि प्रहरीले गरेको छ । सुरेश एक ट्रेक्टर कम्पनीमा काम गर्थे।

प्रहरीका अनुसार सुरेशले बनाएको टिकटक भिडियोमा एक तेस्रोलिंगी महिला पनि उपस्थित थिइन् । प्रहरीले त्यही महिलालाई पछ्याउँदै सुरेशको खोजी गरेको हो ।

प्रतिक्रिया दिनुहोस