मानव सेवाबाट १३ वर्षसम्म साङ्लो बाँ’धिएका उमाकान्तले पाए यो गोल्डेन नयाँ जीवन

सप्तरी, नारायण ढुङ्गाना । शरद ऋतु उकालिँदै गर्दा पनि धपक्क गर्मी । झम्के साँझमा बाँदलको घेराले अझ धुमिल बनाउँदै गरेको घाम पश्चिम किनारामा ओर्लर्दै थियो । सप्तरी जिल्लाको अग्निसाइर कृष्णसवरन गाउँपालिका–१ घोघिदहाको चौधरी वस्तीमा अस्ताउँदो घामका किरण रुखका चेपबाट चिहाइरहेथ्यो ।

वस्तीको एउटा आँगनमा उपस्थित समुदायको मुहारमा भने झुल्के घामकै चमक देखियो । गाउँका ४६ वर्षीय उमाकान्त चौधरी २२ महिनापछि गाउँ फर्कने खुशीले हरेकका मुहार उज्यालिएको थियो । अँधेरो कटेरोमा १३ वर्षसम्म रुखमा जरा जेलिएझैँ सा’ङ्लोमा जे’लि’एर अनि त्यही घा’उमा कि’रा प’रेर ब’सेका म’नोरो’गी चौधरी यसरी हट्टाकट्टा अवस्थामा फर्किन्छन् भनेर गाउँलेले चिताएका थिएनन् ।

उनी आउने खबर गाउँभरि भु’सको आ’गोज’स्तै फै’लि’यो । असोज १४ गते बुधबार चौधरीको आँगन र गोरेटामा बिहानैदेखि बाक्लै आउजाउ चल्यो । कति खेर आउने भनेर पटकपटक गाउँलेले सोधखोज गरिरहे । बाइस महिनाअघिको उमाकान्त हेर्ने उत्कट चाहनाले हरेकका आँखा मूल बाटोमै घरीघरी सोझिन्थे ।

सा’ङ्लोबाट अब उज्यालोतिरको यात्रामा लम्किएका उमाकान्त चौधरीको यात्रा हेर्न समुदाय उत्सुक देखिए । उता उमाकान्त हेटौँडाबाट लामो यात्रा तय गरी सरर गाडीमा गाउँ पस्नुभयो । गाउँले बाटोमै ओइरिएका थिए । गाडीबाट ओर्लदै गर्दा उनलाई संरक्षण दिएको संस्था मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने, “ल अब आफ्नो घर कुन हो, आफँै चिनेर जानुस् त ।” ‘हुन्छ’ छोटो जवाफ दिँदै मुसुक्क हासे ।

प्रतिक्रिया दिनुहोस