श्रीमानको हत्याको आरोप लागेकी श्रीमतीलाई बचाउन ‘मरिसकेका’ श्रीमान अदालत पुगेपछि…

हत्या अनुसन्धान र अदालतको सुनुवाईको क्रममा केही अनौठो भयो। पोह सेङ हिप नामका व्यक्तिको हत्या गरेको अभियोग लागेकी उनकी श्रीमती लाउ सेक यानलाई अदालतमा ल्याइएपछि उनले एक्कासी अचम्मको व्यवहार गर्न थालिन् । यो देखेर सबै छक्क परे ।

फ्रि मलेसियाको रिपोर्टका अनुसार ती महिला आफ्ना पतिको आत्मा आफूमाथि हावी भएको जस्तो गरी कुरा गरिरहेकी थिइन् । उनले बोल्न थालिन्– म पोह सेङ हिप हुँ जो मरेको छ । म आफैं अदालतमा बोल्दै छु । मेरी श्रीमतीले मलाई मारेको होइन । मेरी श्रीमतीले केही गरेकी छैनन् ।

यसपछि अभियुक्त श्रीमती (पूर्व स्वतन्त्र नेता)ले अदालतमा भनिन्, कि उनका श्रीमान्ले उनीमार्फत अदालतलाई भनिरहेका छन् कि उनलाई मैले मारेको होइन, नियतिले उनको मृत्यु स्वीकार गरेको हो । यो कुरा मलेसियाको हो ।

यो अनौठो घटनापछि न्यायाधीश रुहानी इस्माइलले लाउलाई भने कि मुद्दाको सुनुवाइ आधिकारिक रूपमा सुरु भइसकेको छैन र प्रतिवादीले अझै आरोपहरूमा कुनै दाबी गर्नुपर्दैन। तर अभियुक्त महिलाले न्यायाधीशको कुरा सुनिनन् र आफू निर्दोष भएको कुरा पतिले अदालतमा आफ्नो तर्फबाट बोलिरहेको दाबी गरिरहेकी थिइन् ।

त्यसपछि लाउले भनिन्, “पोह सेङ हिपको हत्या भएको थिएन, मर्ने नियति थियो। तपाइँले बुझ्नुपर्छ कि मेरी श्रीमतीले मलाई मारिनन्। म पोह सेङ हिप यहीँ छु । मेरी श्रीमतीले मलाई मारेकी होइनन् भन्ने कुरा किन सुन्नुहुन्न ? म मर्न बाध्य थिएँ।”

महिलालाई सम्झाएर उनलाई केही हदसम्म मौन गराइयो । साथै, न्यायाधीशले ट्रायलको अर्को मिति मार्च ३-७ र मार्च १७-२१, २०२५ लाई तोके। लाउले फेरि भनिन्- मलाई माफ गर्नुहोस्, कृपया हामीसँग न्याय गर्नुहोस्। पोहको हत्या भएको होइन, मर्ने नियति थियो।”

२०२२ जनवरी ३ मा लाउले आफ्नै घरमा कम्मर र छातीमा छुरा प्रहार गरी श्रीमानको हत्या गरेको आरोप छ । आफ्नै छोरीको बयानमा महिलालाई पक्राउ गरिएको हो । आमा र बाबुबीच पैसालाई लिएर झगडा भएपछि आमाले बुवालाई छुरा प्रहार गरेको छोरीले प्रहरीलाई बताइन् ।

प्रतिक्रिया दिनुहोस