चर्चामा विश्वकै होचो जोडी, जसको प्रेम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता नहुँदै भाइरल बन्यो

एजेन्सी । भनिन्छ माया र प्रेममा केही कुरा हेरिन्न । त्यसैले भनीएको होला प्रेम अन्धो हो । त्यही अन्धो भनिउको प्रेमको सागरमा हामफाल्ने चर्चित जोडी हो पाउला ग्रेबियल दा सिल्वा बरोस र उनकी प्रेमिका कतुसिया होशिनीको जोडी ।

यी होचो दम्पत्तिको जोडी ब्राजिलको हो । विश्वभर चर्चामा रहेको यो जोडीमध्ये पाउला ग्रेबियल दा सिल्वा बरोस जो ३० बर्षका भए र उनको प्रेमिका कतुसिया होशिनी २६ बर्षकी छिन् ।

अन्तराष्ट्रिय समाचार स्रोतका अनुसार यी दुईको भेट १० बर्ष पहिले सामाजिक सञ्जालमा भएको थियो । सर्वप्रथम त पाउलोले जब कतुसियासँग बोल्न खोजे तब उनले ब्लक गरिदिएपछि उनीहरुको बोलचाल केही समय भएन र अन्तत उनीहरु फेरी एकअर्काको प्रेममा परे र अन्तत विहे गरे ।

३ फिटभन्दा होचो जोडीले कीर्तिमान राख्दै विश्वकै होचा–पुड्का जोडीको गिनिज बुक अफ वल्र्ड रेकर्ड दर्ता गराएरै छाडे । उनीहरु अहिले दुवैजना आफ्नो काममा ब्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस