३५ हजार फीट माथी उडिरहेको जहाजमा जन्मियो बच्चा, अब यो बच्चाले बाँचुन्जेली पाउने भए यस्ता सुविधा

एजेन्सी । एक गर्भवतीले विमानमै बच्चा जन्माएकी छिन्। उडिरहेको विमानमा बच्चा जन्मिएपछि केही बेर विमानभित्र असहज परिस्थिीतिको सामना गर्नु परेको छ । साउदी अरबको दम्मासबाट भातको कोच्चि आती फ्लाइटमा ३५ हजार फीटको उचाइमा महिलाले बच्चा जन्माएपछि विमानलाई आकस्मिक अवतरण गर्नु चालकदलका सदस्यहरु बाध्य बने । महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो ।

जेट एयरवेजले यस बच्चालाई जीवनभर विमान यात्राका लागि फ्रि टिकट दिने घोषणा गरेको छ । जेट एयरवेजले यस बच्चाका लागि एक फ्री पास जारी गरेको छ । जसको प्रयोगबाट उनले जतिपनि यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जेट एयरवेजको फ्लाइटमा यो पहिलो पटक भएको हो । यसअघि अफ्रिल २०१७ मा तुर्की एयरलाइन्सको एक विमान एक महिलाले एक बच्चालाई जन्म दिएपछि उक्त समाचारले पनि भाइरल रुप धारण गरेको थियो ।

त्यस्तै केहि समय अगाडी एक गर्भवतीले विमानमै बच्चा जन्माएकी छिन्। टर्किस एयरलाइन्सको बोइङ ७३७ को विमानले ४२ हजार फिटमाथि अर्थात् १२ हजार आठ सय मिटरमाथि उडान गर्दागर्दै एक गर्भवतीले बच्चा जन्माएकी हुन्।

गिनीको राजधानी कानकरीबाट वागाडुग हुँदै स्तानबुलका लागि उडेको क्याविन क्रुलेमा यात्रा गरिरहेकी गर्भवतीले बालिकालाई जन्म दिएकी हुन्।

विमान उडिरहेको समयमा प्रसवपीडा भएपछि विमानमा रहेका केही यात्रुले उनलाई साथ दिएका थिए। केही यात्रुको साथमा विमानले आकाशमै नयाँ यात्रुलाई स्वागत गरेको हो।

विमान बुर्किना फासोको राजधानी वागाडुग पुगेपछि आमा र बच्चालाई अस्पताल लगिएको बिबिसीले जनाएको छ। विमानमा रहेका यात्रुले विमानमै जन्मिएकी बालिकाको नाम काडिजू राखिदिएका छन्। उनको र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताइएको छ।

टर्कीस एयरलाइन्सले विज्ञप्ति सार्वजनिक गर्दै नाफी डिबी ७ महिनाकी गर्भवती भएको बताएको छ। उसको विज्ञप्तिमा भनिएको छ, ‘२८ हप्ता बढीकी गर्भवतीलाई प्रसवपीडा सुरु भएको देखेर उनलाई तत्काल सहयोग गर्नुपरेको थियो।’

प्रतिक्रिया दिनुहोस