आफ्नै दाई र बहीनीबीच माया बसेपछि बुवा र आफन्तिले गरिदिए…

गोर्खाली खबर

एजेन्सी । यो कलियुग हो । यहाँ नसोंचेकै प्राय घटनाहरु हाम्रै समाजमा घटि नै रहेका हुन्छन् । कतिपय घटनाहरु विश्व परिचित हुन्छन् । जुन घटनाको बारेमा हामीले सन्दा त्यो हामीलाई स्वीकार गर्न गाह्रो हुन्छ ।

हाम्रो नेपाली समाजमा स्वीकार गर्नै गाह्रो कुराहरु अन्य मुलकमा सजिलै स्वीकार गरिएको हुन्छ ।
नेपाली समाजमा स्वीकार गर्नै नसकिने यस्तै एउटा घटना घटेको छ मिश्रमा । जहाँ एक १२ वर्षका दाईको विवाह १२ वर्षकी बहिनीसँग बाबुले नै टिकाटालो गरेर गरिदिएका छन् । आपत्ति जनाउनुको सट्टा घर परिवारले नै दाजु बहिनीको विवाहको घोषणा गरिदिएका हुन् । पुरै घर परिवार नै विवाहमा सहभागी भएका छन् ।

डेलमेलको एक रिपोर्ट अनुसार मिस्रमा एक १२ वर्षका केटाको आफ्नै नाताकी सानो बहिनीसँग माया बसेको हो । छोरा छोरीलाई सम्झाउनुको सट्टा बाबु आमा नै विवाहको तयारीमा लागेका छन् । उनीहरु नातेदार हुन्उ ।

उनीहरुबीच विवाह गर्न मिल्दैनथ्यो । तैपनि परिवारले बच्चाको इच्छा पुरा गर्ने भन्दै ती दाजुबहीनीको विबाहलाई स्वीकृति दिएका हुन् । केही समाजिक सञ्जालहरुले यो विवाहको विरोध गरीरहेका छन् ।

विरोध गर्नेहरुमाथि केटाका पिताले कुनै गल्ती नभएको बताएका छन् । कानुन अनुसार १८ वर्ष भन्दा अगाडी विवाह गर्नु गैह्रकानुनी हो । केटाका बाबुले उनीहरु ठुलो भएपछि विवाह गरिदिने भन्दै टिकाटालो गरेको बताएका छन् । उनले आफु नयाँ विचार धाराको मानिस हुँ भन्दै यस कार्यमा कुनै गलत कार्य नभएको अभिव्यक्ति दिएका छन् ।

यो पनिपढ़नु होस:दिवंगत अभिनेता चिरञ्जिवी सरजाकी श्रीमती तथा अभिनेत्री मेघना राज तथा उनका नवजात छोरा दुबैको कोरोनाभाइरस रिपोर्ट पोजेटिभ आएको छ । साथै मेघनाका आमा–बुवा पनि कोरोनाद्वारा पोजेटिभ पाइएका छन् । मेघनाले आफ्नो इन्स्टाग्राम पेजमा एक नोटमार्फत् यो कुराको जानकारी दिएकी हुन् । उनले आफ्नो प्रशंसकलाई चिन्ता नगर्न अनुरोध गरेकी छिन् ।

इन्स्टाग्रामा मेघनाको नोटमा लेखिएको छ, ‘सबैलाई नमस्कार, मेरा पिता, आमा, म स्वयं र मेरा छोराको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो केही हप्तामा हाम्रो सम्पर्कमा आएका सबैलाई हामीले यसबारे सूचीत गरिसकेका छौं ।

म चिरु र उनका प्रशंसकलाई हामी सबै ठिक छौं भन्न चाहन्छौं र जुनियर सी (चिरञ्जिवीका प्रशंसकले उनका छोरालाई जुनियर चिरु भन्छन्) पनि ठिक छन् । हामी एक परिवारको रुपमा यो लडाईं लड्नेछौं र यसमा विजयी हुनेछौं ।’छोरा जन्मनु चार महिना अघि चिरञ्जिवी सरजाको अचानक मृत्यु भएको थियो ।

अचानक निधन भएका अभिनेता चिरञ्जिवी सरजाकी श्रीमती मेघना राजले आफ्ना श्रीमानको नाममा निकै भावुक पोस्ट शेयर गरेकी थिईन। चिरञ्जिवीको कार्डियक अरेस्टका कारण ३९ वर्षको उमेरमा ७ जूनमा निधन भएको थियो।

मेघना आफ्ना श्रीमानलाई आफू पुनः जीवनका लागि कोसिस गरेको उल्लेख गरेकी छिन्। भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार नायिका मेघना राज गर्भवती भएको कुरा लेखेका थिए ।

यी दुईको विवाह दुई वर्ष अघि २०१८ को मे २ तारिखमा भएको थियो । यी दुईले क्याथोलिक रितिरिवाजमार्फत् विवाह गरेपछि हिन्दु रितिरिवाजमा पनि विवाह गरेका थिए । मेघना र चिरञ्जिविले १० वर्ष डेट गरेपछि विवाह गरेका थिए ।

बलिउड कलाकार चिरञ्जिवी सार्जाको निधनले बलिउड शोकमा डुबेको छ । उनी कन्नडा फिल्म उद्योगमा सफल कलाकार हुन् । उनले ३९ वर्षकै उमेरमा ज्यान गुमाए । भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका समाचारको अनुसार उनले छाती दुख्यो भनेर भनेका थिए, उनलाई तत्कालै बेङगलरुको जयनगरमा रहेको सागर अस्पतालमा भर्ना गरिएको थियो । तर डाक्टरले उनलाई बचाउन नसकेको दुखद् खबर दिए ।

दुइ बर्षमै बिधुवा बनेकी सरजाकी श्रीमती मेघना राजले आफु गर्भवती भएको बताएकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन्, , ‘चिरु, मैले पुनः कोसिस गरेकी छु तर आफ्ना भावनालाई शब्दमार्फत् पोख्न सकिरहेकी छैन ।

तपाईं मेरो लागि को र के हो भनेर अर्थ्याउन संसारभरीका शब्द असमर्थ छन् । मेरो साथी, मेरो प्रेमी, मेरो बच्चा, मेरो विश्वासपात्र, मेरो श्रीमान् । र यी सबैभन्दा माथि तपाईं मेरो आत्माको एउटा हिस्सा हुनुहुन्छ, चिरु ।’

उनी थप्छिन्, ‘तपाईंलाई यो घरमा म अब कहिल्यै देख्न पाउँदिनँ र कहिल्यै छुन पाउँदिन भनेर जब सोच्छु तब अत्यन्त पीडा महसुस हुन्छ । मेरो मनमा एउटा डुब्दै गरेको भाव छ – अब म तपाईंलाई कहिल्यै छुन पाउने छैन । यो सोच मेरा लागि हज्जारौं निधन सरह हो । जब म कमजोर महसुस गर्छु नि, तपाईं मेरा लागि एक ‘प्रोटेक्टिभ एन्जल’को रुपमा सधैं मलाई साथ दिन आइपुग्नु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस