माझी बस्ती निर्माणबाट श्वेता खड्काले हात झि’किन्

काठमाडौं । नायिका श्वेता खड्काले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ मा निर्माणाधीन माझी बस्तीबाट हात झिकेकी छन् । श्वेताश्री फाउण्डेसनको अगुवाइमा नायिका श्वेताले ५३ घर माझीका लागि एकीकृत बस्ती बनाउने घोषणा गरेर २०७४ जेठ १५ बाट निर्माण सुरु गरेकी थिइन् ।

तर, हालसम्म सो बस्ती निर्माण सम्पन्न भइसकेको छैन । सोही समयमा बस्ती निर्माणमा जुटेका कलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले चारवटा एकीकृत बस्ती निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरणपछि चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् ।

तर, नायिका श्वेताले थालेको माझी बस्ती निर्माण सम्पन्न भएको छैन । जसको चौतर्फी आ’लोचना भइरहेको छ । बस्ती निर्माण सम्पन्न गर्न नसकेकी उनले करोडौँ खर्चेर विवाह र पार्टी गरेको तथा एक क्लवमा भएको झगडामा उनको उपस्थिति रहेको समाचार सार्वजनिक भएपछि उनलाई झनै आलोचित बनाएको छ ।

त्यसमाथि धुर्मुस सुन्तलीको अभियानसँग आफूलाई दाँजेर माझी बस्ती निर्माणका लागि सहयोग आह्वान गरेपछि उनको अभियानबारे सबैको चासो र जि’ज्ञासा बढ्यो । तर, उनले सहयोग मा’गिरहँदा सो बस्ती निर्माणबाट उनले हात झि’किसकेको खुलेको छ ।

श्वेताश्री फाउण्डेसनको अगुवाइमा नायिका श्वेताले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४स्थित इन्द्रावती नदी किनाराका माझी परिवारका लागि एकीकृत माझी बस्ती निर्माणको १५ जेठ २०७४ मा शिलान्यास गरेकी थिइन् ।

तर, निर्माण सम्पन्न नहुँदै उनले हात झि’केको खुलेको हो । निर्माण सम्पन्न नभएको माझी बस्ती ऋणमा डु’बेको भन्दै यही माघ २० गते सामाजिक सञ्जाल फेसबुकबाट नायिका श्वेताले आर्थिक सहयोगका लागि सार्वजनिक रुपमा अ’पील गरेकी थिइन् ।तर, उनी सो बस्ती निर्माण अभियानबाट बा’हिरिसकेकी चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङले जानकारी दिए ।

श्वेताले माझी बस्ती निर्माणबाट हात झि’किसकेकी छन्’, उनले भने, तर माझी बस्ती निर्माण भने उनको भिजनमा बनेको हो ।’ श्वेताश्री फाउन्डेशनले माझी बस्ती निर्माणबाट हात झि’केसँगै पुनर्निर्माण प्राधिकरणले सो बस्ती बनाउन थालेको उनले जानकारी दिए ।

नायिका श्वेताले माझी बस्ती ऋणमा डु’बेको भन्दै सार्वजनिक रुपमा सहयोगको अपील गरेकी थिइन् । तर, सो बस्ती ऋणमा नडुबेको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङले जानकारी दिए ।

माझी बस्ती ऋणमा डु’बेको भन्दै नायिका श्वेताले सहयोगको अ’पील गरेकी छन्, कति ऋण लागेको छ ? भन्ने जि’ज्ञासामा मेयर तामाङले भने, ‘माझी बस्ती ऋणमा डु’बेको भन्ने मलाई लाग्दैन ।’

किन ? पुनः जि’ज्ञासा राख्यो । ‘माझी बस्तीका लागि सरकारकाले दिएको प्रत्येक घरका लागि तीन लाख, स्थानीय निकाय, जिल्लास्तरलगायतबाट आर्थिक सहयोग भएको छ’, मेयर तामाङले जवाफ दिए ।

उनले भनेजस्तै सो नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले पनि सो बस्ती निर्माणका लागि भू’कम्प पी’डितले पाउने प्रत्येक परिवारको तीन लाख रुपैयाँ, नगरपालिका र जिल्ला इ’काइ कार्यान्वयनले पनि आर्थिक सहयोग गरेको जानकारी दिइन् । साथै सो बस्ती निर्माणका लागि विभिन्न सं’घ सं’स्था र व्यक्तिगत रुपमा आर्थिक सहयोग भएको छ ।

प्रतिक्रिया दिनुहोस