चीनका राष्ट्रपतिको सैन्यशक्ति बढाउने रणनिति

बेइजिङ स् चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले चिनियाँ सेनालाई सन् २०२७ सम्ममा पूरा गर्ने शतवार्षिकीका अवसरमा सशस्त्र बलको समितिले तोकेका लक्ष्यहरूमा केन्द्रित हुन चिनियाँ सेनालाई आग्रह गरेका हुन् ।

सीले २० औं सीपीसी राष्ट्रिय कांग्रेसलाई दिएको प्रतिवेदन अनुसार सन् २०२७ मा पीएलएको स्थापनाको सय वर्षमा चिनियाँ सेनाका लागि मिसनहरू पूरा गर्न र सेनालाई विश्व(स्तरीय बलको रूपमा निर्माण गर्दै चीनलाई आधुनिक र समाजवादी राष्ट्र बनाउन रणनीतिक पूर्व शर्तहरूको संझना गरिन्छ ।

सशस्त्र बलका सबै सदस्यहरूले सेनालाई बलियो बनाउने पार्टीको विचारलाई राम्ररी बुझ्नुपर्छ, विचारको सारलाई होसियारीपूर्वक अध्ययन गर्नुपर्छ र यसलाई विश्व(स्तरीय सेना निर्माण गर्न आफ्नो भित्री प्रेरणामा परिणत गर्नुपर्छ, सीले बताएका थिए ।

उनले पार्टी र जनताले दिएको जिम्मेवारी र सेनाप्रतिको अपेक्षालाई ध्यानमा राखी लगनशील भई काम गर्न सैन्य सदस्यहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस