केहि यस्ता चर्चित नायिकाहरु ,जो प्रेममा धोका पाएकै कारण आफ्नो जीवन समाप्त पारे !!

ग्ल्यामरको दुनियाँ जसरी बाहिरबाट हेर्दा रशिलो र रंगिन लाग्छ भित्र त्यतिनै बेरस र फिका रहेको छ। बलिउडमा टिभी सिरियल र फिल्म इण्डस्ट्रीमा केहि यस्ता नायिकाहरु छन् जो प्रेममा धोका पाएकै कारण आफ्नो जीवन लिला समाप्त पारेका छन्।

निकै उदार मानिने क्षेत्रमा कार्यरत भएर पनि यी अभिनेत्रीहरुलाई जब अरु कुनै पनि पुरुषसँग आफ्नो प्रेम सम्बन्धको कल्पना सम्म पनि नगरी आफ्नो जीवनसँग खेलबाड गरे।

‘गजनी’ चलचित्रमा अभिनय गरेकी नायिका जिया खानको नाम त सायद नसुन्ने कमै मानिसहरु होलान्। नायक सुरज पन्चोली जियाका प्रेमी थिए। त्यसै कारण जियाको मृत्युपछि यसमा सुरजको हात भएको आसंका गरिएको थियो। स्मरण रहोस्, अमिताभ बच्चनसँग फिल्म ‘निशब्द’ मा रोमान्स गरेपछि उनी एकाएक चर्चामा एकी थिइन्।

जियाले अमिताभदेखि अमिर खानसम्मका ठूला ठूला स्टारहरु सँग काम गरिसकेकी थिइन्। जिया निकै मिजासिली र खुसि रहने स्वभावकी थिइन्। तर, अचानक जियाको मृत शव उनको फ्ल्याटमा भेटिएको थियो। उनको शरीरमा चोटका केहि निशान पनि रहेका थिए।

‘कुमकुम’, ‘कुसुम’, ‘हिप हिप हुर्रे’, ‘रिश्ते’, ‘क्यों होता है प्यार’, ‘कम्बख्त इश्क’ जस्ता सुपरहिट सीरियलहरुमा काम गरिसकेकी नायिका कुलजीत रंधावा पनि प्रेममा धोका पाएपछि आफ्नै ज्यान लिने निर्णयमा पुगेकी थिइन्। उनी धेरैजसो प्रोड्यूसर एकता कपूरका सिरियलहरुमा देखिने गर्थिन्। कुलजीत पनि आफ्नो फ्ल्याटमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। अनुसन्धानपछि उनी कुनै युवकको प्रेममा रहेको र प्रेममा धोका पाएपछि यस्तो कदम उठाएको खुल्न आएको थियो।

त्यसैगरी आनन्दीको मुख्य भूमिका निभाउने टिभी अभिनेत्री प्रत्यूषा बनर्जीले पनि जीवन देखि हारेर आफ्नै ज्यान लिएकी थिइन्। उनको पनि काहानी उस्तै नै हो। प्रत्युषाले प्रेमी राहुल राजबाट धोका पाएपछि आफ्नो जीवनलाई सिध्याउनु नै मोनासिव सम्झिन्न। प्रत्युषा मृत्युपछि भारतीय मिडियाहरुमा विभिन्न चर्चा परिचर्चा भएका थिए। प्रत्युषाको जन्म भारतको झारखण्डको जमशेदपुर भन्ने ठाउँमा भएको हो। उनले सानै उमेरदेखि डान्स शोहरुमा सहभागी हुने गर्थिन्। त्यसपछि उनी फिल्मी दुनियाँमा काम गर्ने सपना लिएर मुम्बई आएकी थिइन्।

प्रत्युषालाई दर्शकहरुले आनन्दीको नामबाट चिन्ने गर्थे। उनले ‘बिग बोस’ जस्तो भारतको चर्चित शोमा पनि सहभागिता जनाई सकेकी थिइन्। तर, बिडम्बना प्रेममा धोका पाएकै कारण उनले आफुले आफैँलाई मार्न पुगिन्।

प्रतिक्रिया दिनुहोस