पति वा प्रेमीको यी व्यवहारबाट थाहा पाउनुहोस्, उसले माया गर्छ कि धोका दिदैछ ?

पती-पत्नी वा प्रेमीप्रेमीका को सम्बन्धमा उतार-चढाव आइरहन्छ । सानोतिनो झै-झगडा, मनमुटाव हुनु सामन्य नै हो । यद्यपी पति वा प्रेमीको व्यवहार अचानक बद्लयो भने त्यसले राम्रो संकेत गर्दैन ।

पति वा प्रेमीको व्यवहार र शारीरिक हाउभाउबाट पनि तपाईले थाहा पाउनुहुन्छ, उसको मनोदसा कस्तो छ ? पति वा प्रेमीले देखाउने हाउभाउबाट उसले आफुलाई कति माया गर्छ भन्ने कुराको पनि भेउ पाउन सकिन्छ ।

हात समात्ने शैली : यदि पति वा प्रेमीले तपाईको हात कसिलो गरी समात्छ र उसको औंला इन्टरलक्ड गर्छ भने उसले तपाईलाई रुचाएका छन्, माया गरेका छन् । यद्यपी हात कसिलोगरी समात्दैन भने तपाईलाई पति वा प्रेमीले राम्ररी बुझेकै छैनन् । तपाईहरुको सम्बन्ध अहिलेपनि सुरुवती चरणमै छ ।

खुट्टाको पोजिसन : यदि पति वा प्रेमी तपाईसँग बसेका छन् र खुट्टा क्रस गरेर बसेका छन् । खुट्टाको दिशा तपाईको नजिक छैन भने त्यसले राम्रो संकेत गर्दैन । अर्थात पति वा प्रेमीलाई तपाईप्रति उस्तो रुची छैन ।

अचानक धेरै प्रेम दर्शाउन थाले : अचानक तपाईको पार्टनरले धेरै माया गर्न थाल्यो भने सर्तक हुनुपर्छ । अस्वभाविक ढंगले तपाईप्रति माया दर्शाउन थाल्छ भने उसले केहि न केहि कुरा लुकाउन खोजिरहेको हुनसक्छ ।

आइ कन्ट्याक्ट बिना कुरा गर्छ : यदि उसले तपाईसँग आँखा जुधाएर कुरा गर्दैन भने पनि राम्रो मान्न सकिदैन । तपाईसँग भएर पनि उनसले यताउता आँखा दौडाउँछ भने उसको नियत राम्रो नहुन सक्छ ।

यदि तपाईसँग कुरा गर्न चाहेन भने : यदि तपाईसँग खुलेर कुराकानी गर्न चाहँदैन भने केहि गडबड छ भनेर बुझ्नुपर्ने छ । पार्टनर या त तपाईसँग सन्तुष्ट छैनन् वा अरुसँग आकषिर्त छ भन्ने कुरा बुझ्न सकिन्छ ।

तपाईको यी बानी, जो पार्टनरलाई चित्त बुझ्दैन : १. पार्टनर चाहन्छन् कि घरमा सबै कुरा ठीकठाक होस् । हरेक सामन खोजेको बेला सजिलै फेला पार्न सकियोस् । तर, सबैकुरा अस्तव्यस्त छ भने पार्टनरको चित्त बुझ्दैन । र, यसले बादविवाद पनि निम्त्याउँछ ।

२. आफ्नो काम नै प्रभावित हुनेगरी फेसबुक वा सामाजिक संजालमा समय व्यतित गर्छन् भने यो कुरा पनि पार्टनरलाई चित्त बुझ्दैन । ३. टेलिभिजन हेरिरहेको बेला आफ्नो मर्जी अनुसार च्यानल बदल्ने बानी पनि पार्टनरलाई चित्त बुझ्दैन । ४. पारिवारिक कुरा वा घरको समस्या तेस्रो व्यक्तिसँग सेयर गरेको पनि पार्टनरले रुचाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस