म दुईवटा श्रीमान राख्छु,के मान्छ त यो समाजले ?

काठमाडौँ। रवीना, देशराज समकालीन समाज भन्दा बेग्लै सोच राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् । उनी लैंगिकताका विषयमा परम्परागत सोच विपरित धारणा राखेर र आफ्नो विकिनी तस्बिर सार्वजनिक गरेर पनि चर्चामा छिन् ।

अभिनेत्री प्रियंका कार्कीसँगै विकिनीमा उनको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसले ठूलै चर्चा पायो । उनका छोरा आयुष्मान देशराज पनि अभिनेता हुन् । अभिनेत्री कार्की र आयुष्मान प्रेम सम्बन्धमा रहेका गसिपहरु पनि मिडियामा छाइरहन्छन् ।

सन्तान जन्माउन बिहे गर्नु नपर्ने बोल्ड धारणा राख्दै आएकी रवीना देशराजसँग प्रचलित सामाजिक ब्यवस्थाका बारेमा चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीको केहि अंश साभार गरेका छौ , महिला झन बोल्ड हुँदै गएपछि परिवारमा बिखण्डन आइरहेको छ भन्छन्, हो त ?

मेरा एकजना आफन्तसँग एकदिन कुरा गर्दैथिएँ । उहाँले एउटा ग्यादरिङमा हजुरवा, हजुरवाका तीनजना श्रीमती र छोराछोरी सबै जम्मा भएको भन्नुभयो । ल त्यहि ठाउँमा हजुरआमाका तीनजना श्रीमान जम्मा भएको भनौं त ?

एउटा पुरुषका तीन श्रीमती एकै ठाउँ भेला हुनुलाई स्वाभाविक रुपमा लिने समाजले एउटी महिलाका तीन श्रीमान एकैठाउँ ग्यादरिङ गरेको पचाउन सक्छ । पुरुषहरु खुला रक्सी, चुरोट खान्छन् । ल हामी खाउँ त, के भन्छ समाज ?

अहिले जे जे भएको छ त्यो सबै महिलाले सहिदिने भएर हो । उसले तीनवटा ल्याउँदा, १०औं जनासँग से’क्सुअल रिलेशनमा रहंदा, चुरोटले डाम्दा पनि सहिदिए मात्र परीवार जमेको देख्ने, त्यसलाई नसहे परीवार विखण्डन भएको देख्ने ।

त्यो घर, घर नहुने अनि महिलाले बरु एक्लै बस्छु भन्दा परिवार भड्किएको भन्ने ? अब महिला हरुले पनि आफ्नो शक्ति थाहा पाए । अब त्यसैगरी सहंदैनन् । जो आर्थिक रुपमा सक्षम छन् दवावमा रहन्नन् । त्यसो हुनु समाज विग्रिएको होइन । बिग्रिएको समाजको रुप देखिएको मात्र हो । हिंसामा पुरुष छन् भने पनि त्यहि हो ।

ल न, म दुईटा श्रीमान राख्छु भन्छु । मान्छ त समाज ? तर हामी त्यसो गर्दैनांै । गर पनि भन्दैनौं । महिला र पुरुषमा फरक सामाजिक सोचाई हुनु भएन भनेको मात्रै । यसो सोचौं न, दुईजना एक हुने भनेको दुईटाको खुशी जोड्दा झन् खुशी हुन सकिन्छ कि भनेर हो नि । स्वतन्त्रता मार्न त होइन । श्रीमान श्रीमती हुनुहुन्छ तर बोलचाल छैन । दुईतिर फर्केर सुत्नुहुन्छ ।

अर्को एक्लै भएको मान्छे गीत लगाएर नाच्दै बस्छ, खुशी हुन्छ । स्वतन्त्रताले हो नि खुशी ल्याउने । अचेल म सुन्छु – अहिले त धेरै परीवारमा महिला, पुरुष दुबै कामकाजी छन् ।

केटाले म आज डिनर बाहिरै गरेर आउँछु भन्यो भने, केटी पार्टनरले पनि हस् मेरो पनि पार्टी छ आउन ढिलो हुन्छु है भन्छे रे । अनि त्यो पुरुष पार्टनर ढक्क हुन्छ रे । उसले गरुन्जेल काम साथीले गर्दा नकाम भन्ने हुन्छ ? भन्नुस् त ।

अन्लाईन टिभी नेपाल

प्रतिक्रिया दिनुहोस