विवाह समारोहमा वेट्रेसले सासुको कपडामा तरकारी पोखाईन्, वुहारी यति खुशी भइन् कि साढे सात हजार त टिप दिईन् !!

गोर्खाली खवर,

एजेन्सी ८ वैशाख । सम्पुर्ण सम्वन्धहरुमा सवै भन्दा अनौठो सम्वन्ध हुन्छ सासु र वुहारीको । यस्तो अमिलो पिरो सम्वन्ध हुन्छ कि कहिले झगडा त कहिले माया पनि । तरपनि कुनै विषयमा यो सम्वन्ध त्यति राम्रो हुन पाउँदैन जति हुनु पर्ने हुन्छ ।

यस्तै सासु वुहारीको नोकझोक सम्वन्धि कुरा आएको छ जहाँ आफ्नै विवाहको दिन सासुको कपडामा तरकारी पोखाउने वेट्रेसलाई वुहारी खुशी भई साढे सात हजार रुपैया टिप दिएकी छिन् । जवकी वेट्रेसले तरकारी गलतीले पोखाएकी थिईन् तर वुहारी यति खुशी भईन की टिपको नाममा हजारौं दिईन् ।

उक्त घटना ग्रेट व्रिटेनको हो । विवाह पार्टीमा क्लो बी नाम गरेकी महिला वेट्रेसको रुपमा सर्भ गरिरहेकी थिइन् । क्लो वीले आफ्नो टिकटक एकाउन्टमा यसको जानकारी दिएकी थिईन् । उक्त भिडियो १५ अप्रिलमा अपलोड भएको र अहिलेसम्म लाखौंले हेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस