अधिकृत भएपछि श्रीमानलाई वैदेशिक रोजगारीबाट छुटाएर लोकसेवा पास गराउने श्रीमती, दिइन् पास गर्ने यस्ता सजिला टिप्स !

निजामती सेवालाई समाजको मर्यादित र प्रतिष्ठित पेसाका रूपमा लिइन्छ । तर, बढ्दो आकर्षणका कारण लोकसेवामा चर्को प्रतिस्पर्धा हुन्छ । महिलाको हकमा आरक्षण सुविधा भए पनि लोकसेवा पास गर्नु पहिलेभन्दा निकै चुनौतीपूर्ण हुँदै गएको छ ।

त्यसैले लोकसेवा पास गर्न अथक मिहिनेत र नियमित अध्ययन जरुरी हुन्छ। स्नातक तहमा व्यवस्थापन संकायको विद्यार्थी भएकाले मेरो सपना बैंकर बन्ने थियो । त्यसैले पनि लोकसेवा पढ्ने सोच मेरो दिमागमा कहिल्यै आएन । स्नातक तह अध्ययनका क्रममा बुबाले किनेर ल्याइदिनुभएको लोकसेवाका किताब धमिराले धुल्याउँदासम्म पनि हेरिनँ । **भिडियो हेर्न तल क्लिक गर्नुहोला**

त्यतिवेला लोकसेवा पास हुन सक्छु भन्ने लाग्दैनथ्यो । स्नातक तहको अध्ययन सकिनेबित्तिकै मेरो विवाह भयो । विवाहपछि पढाइलाई निरन्तरता दिन गाह्रो हुन्छ भनिन्छ । तर, मेरो हकमा त्यस्तो भएन । घरपरिवारबाटै मलाई लोकसेवा पढ्न प्रेरणा मिलेको हो । घरनजिकैको विद्यालयमा निम्नमाध्यमिक तहको अस्थायी शिक्षकबाट राजीनामा दिएर लोकसेवा पढ्न काठमाडौं आएकी थिएँ ।

०७० मा काठमाडौं आएर लोकसेवा तयारी थालेँ । पहिलो वर्ष समय अभाव र लोकसेवाको शून्य तहबाट सुरु गर्नुपर्ने भएकाले नायब सुब्बाको तयारी गरेँ । ०७१ मा नासु पास गर्न सफल भएँ । र, साबिकको पुनरावेदन अदालत बुटवलमा सिफारिस भएँ । त्यसै वर्ष शाखा अधिकृतको फाराम त भरेँ, तर राम्रो तयारी भएको थिएन । ०७२ सालमा आएर शाखा अधिकृतमा खुलातर्फबाट सिफारिस भएँ ।

नियमित तथा सबै पत्रको सन्तुलित अध्ययनका कारण म नायब सुब्बा र शाखा अधिकृत दुवै परीक्षामा पहिलो सहभागितामा नै सफल भएँ । आफू वैदेशिक रोजगारीमा रहेर मलाई लोकसेवा पढाउने श्रीमान्लाई शाखा अधिकृत भएपछि १० वर्षे वैदेशिक रोजगारीबाट छुटाएर लोकसेवा पढाएँ । उहाँ पनि पास हुनुभयो ।

प्रतिक्रिया दिनुहोस