सुन किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ, बजारमा सुनको भा’उ?

काठमाडौँ – नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर छ ।आइतबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । चाँदीको मूल्य आज पनि प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र तीनवटै जिल्लामा वैशाख १५ गतेदेखि लकडाउन गर्ने
काठमाडौं । उपत्यकाभित्र कोरोना संक्रमितको संख्या झन् झन् बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्लामा वैशाख १५ गतेदेखि लकडाउन गर्ने तयारी भएको छ।

आइबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेअनुसार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गरी तीनै जिल्लामा लकडाउन गर्न लागिएको हो ।

साथै, सीसीएमसीले सरोकारवाला मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुलाई यससम्बन्धी आन्तरिक तयारी गर्नसमेत भनिसकेको छ । आइतबारदेखि एक साताका लागि उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय बन्द भएको छ ।

सीसीएमसीको प्रस्ताव अनुसार निर्णय गर्न आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको जनाइएको छ।

आगामी बुधबारदेखि यातायातका साधन बन्द गरिने र आन्तरिक उडानसमेत बन्द हुने सीसीएमसीको निर्णय रहेको बताइएको छ ।

पर्यटनमन्त्री भानुभक्त ढकालले ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका तराईका जिल्ला तथा शहरी क्षेत्रमा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी नगरे स्थिति भयवह हुने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस