सलाम ! भोक प्यास नभनी नेपालगञ्जमा कोरोना सङक्रमितको उपचारमा खटिएका यी डाक्टरलाई !

कोरोना महामारीले आक्रान्त बनेको विश्वलाई सम्हाल्न डाक्टरले अग्रपंत्तिमा रहेर काम गरिरहेका छन् । यस्तो बेलामा डाक्टर नर्स लगायतका स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तिहरूले आफ्नो ठाउँबाट सक्दो योगदान दिइरहेको छन् ।

कोरोना कहरको पहिलो चरणमा चीनका डाक्टर र नर्सहरूले मास्क हटाएपछिका अनुहारका तस्बिर भाइरल भएका थिए । धेरैले उनीहरुप्रति सहानुभूति प्रकट गरेका थिए ।सार्वजनिक भएका तस्बिरमा उनीहरूको अनुहारभरि मास्कको नीलडाम देखिन्थ्यो । इटालीमा मात्रै धेरै डाक्टरले बिरामीको स्याहार गर्दा गर्दै कोरोना सङ्क्रमणको शिकार भएर ज्यान गुमाए ।

अहिले नेपालमा पनि कोरोनाको दोस्रो लहर शुरु भएको छ । नेपाली डाक्टर र नर्सहरूले पनि अग्रपंत्तिमा रहेर बिरामीहरूको सेवा गरिरहेका छन् ।अहिले स्वास्थ्य पेज नामक पेजमा हालेको डाक्टरको फोटोले सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भावुक भएका छन् ।

नेपालगन्ज मेडिकल कलेजको आइसोलेसनमा कोभिड सङ्क्रमित बिरामीहरूको उपचारमा दिनरात नभनी खटेका डा. बिनोद प्याकुरेलको फोटो उक्त पेजले सार्वजनिक गरेपछि प्रयोगकर्ताहरू दुःखी बनेका हुन् ।सार्वजनिक भएको तस्बिरमा लामो समयसम्म लगाएको ग्लोब्सले बाफिएर हातका औँलाहरू सेता छन् ।

हत्केलाका छाला चाउरिएको छ । घण्टौँसम्म लगाइएको पिपिईले शरीरमा मसिना दाना निस्किएका छन् ।नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोभिड आइसोलेसन वार्डमा सङ्क्रमितको उपचारमा सात दिन बिताएका डा. विनोद प्याकुरेलको अवस्था हो यो । न भोक, न प्यास, नत निद्रा उनी भन्छन् ‘सङ्क्रमितको उपचार गर्दा गर्दै आफै बिरामी परे ।’

सोमवार कोभिड आइसोलेसनबाट निस्किएका डा प्याकुरेल अहिले औषधि लिएर होम आइसोलेसनमा बसेका छन् ।ग्लोब्स, पिपिई, फेसशिल्ड लगाएर घण्टौँसम्म बिरामीको उपचारमा खटिनु पर्ने अवस्था आयो । ‘न भोक, न त प्यास, न निद्रा, न त डर डा. प्याकुरेल भन्छन्–‘बिरामीको चित्कार र पीडाले घण्टौँ समय पनि एकैछिनमा बितेको जस्तै लाग्ने ।’

प्रतिक्रिया दिनुहोस